मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रिस्ताका लागि चुम्बन मान्य छैन

फिल्मीखबर, काठमाण्डौ, 2014/08/30
कलाकार रिस्ता बस्नेतले आफ्ना लागि फिल्ममा चुम्बनको दृश्य मान्य नभएको खुलाएकी छिन् । कलाकार विपना बस्नेतकी छोरी रिस्ता परिवारलाई असर पर्ने दृश्य फिल्ममा नदिने बताउँछिन् ।
 
चुम्बनकै दृश्य दिनुपर्छ भनेर आफूले एउटा फिल्ममा काम नगरेको र चुम्बनको दृश्य हटाउने सहमत भएपछि खेलेको उनको भनाई छ । ‘यो कथा हो तिम्रो मेरो’ अभिनेत्री रिस्ताले फिल्ममा बेड सिन दिने या नदिने भन्ने कुरा कलाकारको हातमा रहेको बताइन् । कलाकारकै कारणले गर्दा यस्ता दृश्यहरु फिल्ममा समावेश हुने उनको धारणा छ ।
 
परिवारको सहयोगले गर्दा नै आफू यो क्षेत्रमा अगाडि बढ्न सहयोग मिलेको भन्दै उनले अभिनयमा आएकै कारण आफ्नो प्रेम टुटेको खुलासा गरिन् । करिब साढे २ बर्ष चलेको आफ्नो प्रेम अभिनय मन नपराउने प्रेमि भएकै कारण टुटेको उनको भनाई छ । रिस्ताले १५ महिनामा ५ वटा फिल्ममा काम गरिसकेकी छिन् । उनले अभिनय गरेको फिल्म 'अधकट्टी' र 'एउटा साथी' रिलिजको तयारीमा छ ।