मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एनएफडिसी अवार्डमा करिष्मासँग रमेश नाच्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/08/30
एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा चर्चित कलाकारहरुले बिभिन्न प्रस्तुति दिने भएका छन् । अवार्डलाई आकर्षक बनाउनका लागि फिल्मका चर्चित गीतहरूमा आ–आफ्नो प्रस्तुति दिनका लागि कलाकारहरु अभ्यासमा जुटिसकेका छन् । 
 
दुई दर्जन कलाकारहरुको प्रस्तुति रहने अवार्ड समारोह स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ प्रति समर्पित सांगीतिक प्रस्तुतिबाट शुरु हुने भएको छ । जसका लागि कोरियोग्राफर कविराज गहतराजले कलाकारहरुलाई नृत्य सिकाइरहेका छन् । श्रीकृष्ण श्रेष्ठ अभिनित हिट गीतहरुमा दिलिप रायमाझी, केकी अधिकारी, एन्नी  कुवँर, सुजता कोइराला, रिश्ता बस्नेतलगायतका कलाकारहरूले प्रस्तुति दिनेछन् ।
 
यस्तै आठ वर्ष पछि अभिनेता रमेश उप्रेतीले पनि आफ्नो प्रस्तुति दिने भएका छन् । रमेशले अभिनेत्री करिष्मा मानन्धरसँग जोडी बाँधेर नृत्य गर्नेछन् । रमेशले आफु ८ वर्षपछि नेपाली स्टेजमा पर्फम गर्न लागेको भन्दै नृत्यलाई अब्बल बनाउन कुनै कसुर बाँकी नराख्ने बताए । 
 
कलाकारहरुलाई नृत्य सिकाइरहेका कविराज गहतराज यस वर्षको प्रस्तुति थप आकर्षक हुने बताउँछन् । गएको वर्षपनि कोरियोग्राफि गरेका कवि यस वर्ष गत वर्ष भन्दा नयाँ र नौलो नृत्य पस्किने तयारीमा छन् । एनएफडिसी राष्ट्रय चलचित्र पुरस्कार २०७० भाद्र २१ गते आयोजना हुँदैछ ।