Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

रेखाले जन्मदिन नमनाउने

फिल्मीखबर, काठमाण्डौ, 2014/08/21
अभिनेत्री रेखा थापाको आज भाद्र ५ गते जन्मदिन हो । तामाझामका साथ जन्मदिन मनाउने रेखाको कुनै योजना छैन । अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औँ पुण्यतिथी आफ्नै जन्मदिनमा परेको हुनाले रेखाले सेलिब्रेसन मुड नबनाएकी हुन् । 
 
झन्डै १४ बर्ष फिल्म क्षेत्रमा बिताएकी रेखाले ठुलो सफलता पाएकी छिन् । ‘हिरो’ बाट फिल्मी यात्रा शुरू गरेकी त्यो बेलाकी चुलबुले, आत्मविश्वासी र एउटी महत्वाकांक्षी किशोरी रेखा 'हिम्मतवाली' अभिनेत्री हुन् । फिल्मको व्यवसायिक पाटोमा स्टारडमा बोकेकी रेखा मिडियामा सर्वाधिक छाउने अभिनेत्रीको रूपमा पनि चिनिन्छिन् । 
 
सफलता, स्क्यान्डल, गसिप र विवाद रेखाका पर्यावाची शब्द नै हुन भन्दा फरक पर्दैन । फिल्मबाट उनले जति सफलता पाईन त्यती नै बिबादित पनि छिन् । छबिराज ओझासँग विवाह पछि सम्बन्ध बिच्छेद, थुप्रै हिरोहरूसँग चिसोपना, हिरोहरूसँगै अफएयर, राजनैतिक सम्बन्ध, झगडालु स्वाभाव अनि आडम्य शाहस रेखाको चर्चाका मुख्य कारक हुन् । 
 
दर्जनौं फिल्ममा अभिनय गरेर सफलता पाएकी रेखाले पछिल्लो समय निर्माता र निर्देशक बनेर सफलताको अर्को पाटो चुमेकी छिन् । पहिलो पटक 'काली' फिल्म निर्माण गरेर सफलता पाएकी रेखा 'हिम्मतवाली' निर्माणसँगै निर्देशक पनि बनिन् । फिल्मसँगै सामाजिक कार्यमा समेत हात बढाएकी रेखालाई जन्मदिनको शुभकामना !
Most Visited News (monthly)