Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खेतिपातीसँगै फिल्ममा बिनिता

फिल्मीखबर, काठमाण्डौ, 2014/08/20
झन्डै एक बर्ष फिल्म क्षेत्रबाट टाढा रहेर खेतिपातिमा लागेकी अभिनेत्री बिनिता बराल अभिनयमा फर्किएकी छिन् । 'चपली हाइट'की चपली गर्ल बिनिता अहिले 'उमंग' नामक फिल्मको सुटिङमा व्यस्त छिन् । 
 
शिव शर्माको निर्देशन र कुमार विकेको निर्माणमा भाद्र १ गतेबाट सुटिङ शुरू गरिएको यो फिल्ममा बिनिता र निर्माता कुमारको मुख्य भूमिका रहेको छ । धार्मिक द्धन्दको कथा उठाईएको 'उमंग'को काठमाण्डौ, बाग्लुङ र दुबइमा छायाँकन हुने बताईएको छ । 
 
फिल्म छाडेर एक बर्ष जसो कृषि पेशामा लागेकी बिनिताले अब भने सकृय रूपमा फिल्ममा लाग्ने बताईन् । 'एक बर्ष फिल्म खेल्दिन भनेकी थिएँ । अब भने फिल्ममा निरन्तर लाग्छु,' बिनिताले भनिन, 'अभिनेत्रीको ट्याग यत्तिकै हराउन दिन भएन नि ।' उनले कृषि पेशालाई पनि अगाडि बढाईरहने समेत बताईन् । 
Most Visited News (monthly)