Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दरवारमार्गमा खुल्यो मल्टिप्लेक्स हल (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/08/20
'फिटकिरी' फिल्मका निर्माता तथा व्यवसायी सुमित मैनालीले काठमाण्डौको दरबारमार्गस्थित राइजिङ मलको पाँचौं तल्लामा आधुनिक प्रविधी र उच्च क्वालिटीका साउन्ड सिस्टमसहितको आरामदायी नयाँ हल संचालनमा ल्याएका छन् ।
 
 
 
 
‘क्यूज सिनेमाज’ नाम राखिएको २ अडिटोरियम रहेको उक्त मल्टिप्लेक्स हलको अभिनेत्री करिष्मा मानन्धर, गायिका इन्दिरा जोशी, फुटबल खेलाडी अनिल गुरूङ, बैंकर अनिल शाह र उसु खेलाडी चाहाना बम्जनले शुभरम्भ गरे । हलको उद्घाटनसँगै आज फिल्म ‘कोहिनुर’ प्रदर्शन गरियो ।  
 
 
आधुनिक सुविधा सम्पन्न यो मल्टिप्लेक्स हलमा ७७ र १६८ सिट छन । ७७ सिट भएको ‘क्यूज २' अडिटोरियममा दर्शकका लागि आरमदायी सोफाको व्यवस्था गरिएको छ जसको टिकट मूल्य रू ५५० तोकिएको छ । अर्को अडिटोरियममा फिल्म हेर्न रू ३५० शुल्क लाग्ने छ । 
Most Visited News (monthly)