Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिन मनाउँदै अरुणिमा

फिल्मीखबर, काठमाण्डौ, 2014/08/20

अभिनेत्री अरुणिमा लम्साल साथीभाइ जमघट गरेर रमाईलो गर्न रूचाउँछिन् । आज भाद्र ४ गते भने उनले आफ्नो जन्मदिनमा कुनै जमघट नराखेको बताएकी छिन् । ३३ औं जन्मदिन मनाउने तयारी गरेकी अरुणिमाले पारिवारिक जमघटमा केक काटेर सेलिब्रेसन गर्ने बताईन् ।  

 

गत बर्ष ठुलै जमघटका विच जन्मदिन मनाएकी अरुणिमा यो बर्ष घर नजिकैको गणेश मन्दिरमा पूजा गर्ने, छोरीलाई स्कुल पठाउने अनि घर परिवारसँग बसेर रमाइलो गर्ने योजनामा छिन् । तीन बर्ष पुग्न लागेकी छोरीकी आमा अरुणिमा पछिल्लो समय फिल्ममा त्यती सकृय छैनन् ।

 

कुनै बेला फिल्मा मार्फत निकै चर्चामा आउने गरेकी अरुणिमा अब नयाँँ सोचका साथ फिल्ममा लाग्ने बताउँछिन् । उनको सोच कस्तो हो त ? केही समयपछि थाहा हुने उनको भनाइ छ । 

Most Visited News (monthly)