Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

तनावमा भदौ ६ का निर्माता

फिल्मीखबर, काठमाडौं, 2014/08/18

गतहप्ता रिलिज भएको ‘कोहिनूर’ले हल छाड्ने संकेत नदेखाएपछि भदौ ६मा रिलिज हुने फिल्मका निर्माताहरु तनावमा परेका छन् । गत साउन २३ मा रिलिज भएको फिल्मले दर्शकसँगै हल संख्या पनि बटुल्न थालेपछि भदौ ६ मा फिल्म रिलिज गर्ने निर्माताहरु तनावमा परेका हुन् ।

 

तीजको विदा खान भनेर भदौ ६ मा तीन नेपाली फिल्म रिलिज हुने तरखरमा थिए । ‘ताण्डव’ र ‘सम्बोधन’लाई सम्भावित फिल्मको सूचीमा राखिएको थियो । ‘कोहिनूर’ हलबाट नबाहिरिएपछि भदौ ६ का फिल्म सर्ने सम्मका हल्ला पनि चलेका छन् । ‘ताण्डव’का निर्माता मोहन डोटेल आफू फिल्म सार्ने पक्षमा नरहेको बताए । ‘हामीले फिल्म सार्ने बारेमा सोचेका छैनौं । कोहिनूर र हाम्रा लक्षित दर्शक नै फरक हुन् । एकादुई हलमा हेरफेर होला तर हामी निर्धारित समयमै रिलिज गर्छौं,’ निर्माता डोटेलले भने ।

 

तीज लक्षित भदौ ६ का सिनेमालाई ‘कोहिनूर’ले प्रभाव पार्ने वितरकहरुको पनि ठम्याई छ । ‘भदौ ६ मात्र होइन कोहिनूरको क्रेज यस्तै रहे दशैंसम्मका फिल्म प्रभावित हुन सक्छन् । किनकी मानिसहरु अझैपनि कोहिनूरको टिकट नपाएर फर्किरहेको अवस्था छ,’ बागबजारमा भेटिएका एक वितरकले भने । भदौ ६ मा ‘ठूली’, ‘ताण्डव’ र ‘ सम्बोधन’ रिलिज हुँदैछन् ।

Most Visited News (monthly)