Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

न्यूजिल्याण्डमा `सेफ ल्याण्डिङ`

फिल्मीखबर, अकल्याण्ड, 2014/08/18
न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमामा अगस्ट १७ तारिखका दिन साँझ फिल्म 'सेफ ल्याण्डिङ' प्रदर्शन गरियो । फोर कर्नर बजारले आयोजना गरेको फिल्मको बिशेष प्रदर्शनीमा फिल्मका निर्माता बसन्त भण्डारी, नेपालबाट आएका सञ्चारकर्मी सुमन गैरेसहित न्यूजिल्याण्डबासीहरूको उपस्थिती थियो । 
 
लामो समयपछी नेपाली फिल्म हेर्न पाउँदा न्यूजिल्याण्डबासीहरू खुशी भए । फरक प्रस्तुतीमा 'सेफ ल्याण्डिङ' निर्माण भएको फिल्म हेर्न पाउँदा खुशी लागेको उपस्थित न्यूजिल्याण्डबासी दर्शकहरूले प्रतिकृया दिए । फिल्म प्रदर्शनको स्थानिय आयोजक राज बिष्टले न्यूजिल्याण्डमा बिस्तारै नेपाली फिल्मको मार्केट बन्ने बताए । यसअघि न्यूजिल्याण्डमा 'लुट' र 'कथा' फिल्म रिलिज भएको उनले बताए ।
 

फिल्मका निर्माता बसन्त भण्डारीले न्यूजिल्याण्डमा फिल्म देखाउन पाउँदा खुसी लागेको प्रतिकृया दिंदै आगामी फिल्म न्यूजिल्याण्डमा नै सुटिङ गर्ने बताए । उनले न्यूजिल्याण्डबासीहरूलाई नेपाली फिल्मप्रति यसरीनै प्रेम देखाउन आग्रह गरे । 'अब बन्ने फिल्मको सुटिङ तपाईंहरूकै ठाउँमा गर्दैछु । तपाईंहरूबाट यस्तै माया र सहयोगको अपेक्षा समेत गरेको छु । न्यूजिल्याण्डमा फिल्म सुटिङ हुने खबर सुनेर उपस्थित दर्शकहरू खुशीले गदगद भएका थिए । 

 

सन्दीप जोसेफले निर्देशन गरेको फिल्म 'सेफ ल्याण्डिङ'ले लागुपदार्थको कथालाई उठाएको छ । बसन्त भन्डारीले निर्माण गरेको यो फिल्ममा निरज बराल, झरना बज्राचार्य, सुशिलराज पाण्डे, रवि गिरी, विजय देउजा, शिखा शाही लगायतको अभिनय छ । नेपालमा भने यो फिल्म मंसिर १९ गते रिलिज हुनेछ । 

 

 

 

 

 

 

 

 

 

Most Visited News (monthly)