Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 3.05/5.00)
Text size:-
+
-

श्वेतालाई ज्वरो !

फिल्मीखबर, काठमाडौं, 2014/08/17

अभिनेता श्रीकृष्ण श्रेष्ठको शोकमा डुबेकी अभिनेत्री श्वेता खड्का ज्वरोले थलिएकी छिन् । आइतबार फिल्मसँग आवद्ध कलाकार र पत्रकारहरु अभिनेता श्रीकृष्ण निवास पुग्दा उनी ज्वरोले थलिएकी भेटिइन् । श्रीकृष्ण श्रेष्ठका भिनाजु चन्द्र प्रसाद श्रेष्ठले श्वेतालाई दुई तीनदेखि ज्वरोले समातेको जानकारी गराए ।

 

दिल्लीबाट श्रीकृष्ण श्रेष्ठलाई नेपाल ल्याउँदा देखिनै श्वेता निरन्तर रोईरहेको पनि  चन्द्रले जानकारी गराए । उनलाई सम्हाल्न श्वेताकी आमा स्वयं श्वेतासँग हरबखत रहने गरेकी छिन् । 
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको सातौं दिन पुगेको छ । उनलाई शोकमा आफन्त र शुभचिन्तकहरु श्रीको  निवास पुगेर सहानुभूति दिने भीड लागेको छ । ‘शुभचिन्तकहरुले घरमा आएर सहानुभूति दिइराख्नु भएको छ । सबैजना शोकमा छौं । फिल्म राम्रो चल्दैछ भनेको सुनेका छौं । बाँकी कुरा बुझ्न पाएका छैनौं,’ स्वर्गीय श्रीकृष्णका भिनाजु चन्द्रप्रसाद श्रेष्ठले भने ।

 

शुक्रबार बाबुराम भट्टराई श्रीकृष्ण निवास पुगेका थिए भने माइती नेपालकी अनुराधा कोइराला परिवारलाई सान्त्वना दिन आइतबार श्री निवास पुगेकी थिइन् ।
अभिनेता श्रीकृष्णको उपचार रहँदा ठिक एक हप्ता अघि दिल्लीको गंगाराम अस्पतालमा निधन भएको थियो । श्रीकृष्ण श्रेष्ठ र श्वेताको अभिनय रहेको ‘कोहिनूर’ देशभर हाउसफूल व्यापारका साथ चलिरहेको रिपोर्ट छ ।

Most Visited News (monthly)