Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सृष्टि पनि बन्दैछिन् हिरोइन

फिल्मीखबर, काठमाडौं, 2014/08/17

२०१२ सालकी मिस  नेपाल विजेता सृष्टि श्रेष्ठ हिरोइनको रुपमा आउँदैछिन् । सृष्टि श्रेष्ठ ‘छड्के’ निर्देशक निगम श्रेष्ठको अपकमिङ फिल्मबाट हिरोइनको रुपमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको तयारी स्वरुप सृष्टि हाल अभिनयको प्रशिक्षण लिन व्यस्त रहेको स्रोतले बतायो । सृष्टिलाई सुनिल पोखरेलले विशेष प्रशिक्षण दिईरहेका छन् ।

 

 


सृष्टिले मिस नेपाल भए लगत्तै भने हिरोइन नबन्ने बताउँदै आएकी थिइन् । ‘फिल्म मेरो प्रायोरिटी भित्र पर्दैन । बरु फेसनमा केही गर्छु,’ नेपाली फिल्म खेल्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा सृष्टिले यस्तो जवाफ दिएकी थिइन् ।

 


निगमले निर्देशन गरेको ‘छड्के’ व्यापक चर्चाका बावजुद व्यवसायिक रुपमा सफल हुन सकेको थिएन ।

Most Visited News (monthly)