भाद्र २७ बाट देशभर रिलिज हुने क्रममा रहेको फिल्म 'निशानी'ले यतिबेला आफ्नो प्रचारप्रसारलाई तिब्र बनाएको छ । फिल्मका नायक एवं चर्चित गायक प्रशान्त तमाङको उपस्थितिमा फिल्मको टोलिले देश दौडाहा प्रचारप्रसारलाई सम्पन्न गरेको छ ।
कथामाण्डौबाट सुरु भएको दौडाहा पोखरा हुँदै धरानमा बृहत सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न भएको हो । अन्य फिल्मले गरिरहने पब्लिसिटीको ट्रेन्ड भन्दा फरक रहेर 'निसानी'ले प्रचार गरेको थियो । धरानको मुटुको रुपमा रहेको भानुचोकमा फिल्मले खुल्ला सांस्कृतिक कार्यक्रमको आयोजना गरेर फिल्म सम्बन्धि जानकारी गराएको थियो । फिल्मका निर्माता एवं कलाकार प्रेम सुब्बाले धरान लाहुरेको सहर भएको र फिल्ममा उठान गरिएको कारगिलको युद्दमा धरानेहरुको समेत सहभागिता रहेको भन्दै फिल्म हेरिदिन अनुरोध गरेका थिए । त्यसो त स्वयम् प्रेम पनि धरानकै बासिन्दा हुन् ।
फिल्मको गीतमा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने नायिका बिष्णु चेम्जंगले गीत गएर मनोरंजन प्रदान गरेकी थिइन् । नेपाल स्टार बन्न सफल बिष्णुको समेत गृहथलो धरान नै हो ।कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका प्रशान्तले समेत गीत गएर उपस्थित दर्शकलाइ उफारेका थिए । गोर्खापल्टन पछि फेरी आफु लाहुरेको रुपमा प्रस्तुत भएको बताउदै फिल्म हेरेर प्रतिक्रिया दिन उनले अनुरोध गरे । खराब मौसमको बावजुद पनि कार्यक्रम हेर्न हजारौ दर्शकको भिड जम्मा भएको थियो ।

