लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ हेर्न दमौलीको मनकामना चलचित्र मन्दिरमा दर्शकको भिड निकै बढेको छ । प्रर्दशनको केही दिनमा सुस्त व्यापार गरेको यो फिल्मले पछिल्ला केही दिनमा भने आक्रामक व्यापार गरेको जनाईएको छ ।
देशैभरिका हलहरुमा आक्रामक व्यापार गरेको यस फिल्मले दमौलीमा अहिले सम्मकै बढि व्यापार गरेको बताईएकोछ । मनकामना हलमा शनिबार कोहिनुर तीन वटै शो हाउसफूल रहेका थिए । विहान फिल्म हेर्न हलमा पुगेका दर्शक टिकट नपाएर पुनः १२ बजेको शो मा आएका थिए । १२ बजेको शो मा भिड निकै भएपछि आधा भन्दा बढि दर्शक त्यसै फर्किएका थिए । ३ बजेको शो को लागि १२ बजे नै टिकट सकिएको थियो । आइतबार श्रीकृष्णजन्माष्टमी परेको हुँदा शनिबार भन्दा आईतबार दर्शकको भिड बढ्ने अनुमान गरिएको छ ।
.jpg)
‘कोहिनूर’ हेरेर फर्केका अधिकांश दर्शकहरुले अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झेर रोएका थिए । अभिनेता श्रेष्ठलाई नै सँधै फिल्मको पर्दामा हेरिरहन खोज्ने दर्शकहरुले उनको निधन सपना भए जस्तो लागेको बताए । फिल्मले चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ । आकाश अधिकारीको निर्देशनलाई खुबै तारिफ गरेका दर्शकहरुले अभिनेत्री स्वेता खड्कालाई हेरेर पनि आँशु झारेका थिए । भगवानले पनि कस्तो चोट दिएका होलान भन्दै केही पाका दर्शकहरुले श्वेताको तस्बिर हेर्दै धर्यधारणको प्राथना गर्दै थिए ।

