Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो श्रीकृष्णको श्रद्धाञ्जली

फिल्मीखबर, काठमाडौं, 2014/08/12
काठमाण्डौंदेखि मोफसल, बच्चादेखि वृद्धासम्म स्व.श्रीकृष्णप्रति समवेदना प्रकट गर्न एयरपोर्ट देखि प्रज्ञा भवन प्रतिष्ठान र पशुपती आर्याघाटसम्म लाम लागेर बसेका थिए । ‘श्रीकृष्ण श्रेष्ठ अमर रहून्’ भन्दै जयजयकार गरी सडक तथा पेटीमा उभिएका सबै सर्वसाधरण एवं शुभ चिन्तकले श्रीकृष्णप्रति समवेदनाको फूल चढाउन पाएनन् । श्रीकृष्णप्रति समवेदना प्रकट गर्न अनपेक्षित रुपमा मानव सागरको ओइरो लागेपछि सुरक्षा व्यवस्था अस्त व्यस्त भयो ।
 
कमलादीमा उर्लिएको मानव सागरलाई व्यवस्था गर्न प्रहरी पूर्ण रुपमा फेल भयो । प्रज्ञा भवन प्रतिष्ठानमा श्रीकृष्णको शव राख्न सम्भवः भएन । अन्ततः श्रीकृष्णको शवलाई सिधैं पशुपति आर्यघाटतर्फ लगियो । बच्चा तथा वृद्धा मात्रै होइन् फिल्मकर्मीले नै स्व.श्रीकृष्णप्रती समवेदनाको फूल चढाउन पाएनन् । स्व.श्रीकृष्णलाई समवेदना प्रकट गर्न मह जोडी, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, आर्यन सिग्देल लगायत अधिकाशं कलाकार प्रज्ञा भवन प्रतिष्ठानमा उपस्थित थिए ।
 
तर उनीहरु मध्ये कमैले मात्र श्रद्धाञ्जली अर्पण गर्न पाए । उर्लिएको मानव सागरले धरपकड गरेपछि अधिकाशं कलाकारहरु सुरक्षित स्थानतर्फ लाग्न बाध्य भएका थिए । सुरक्षा व्यवस्थाका साथ आएका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, गृहमन्त्री वामदेव गौतम, ए.माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य दलका नेताले पनि प्रज्ञा भवन प्रतिष्ठानमा स्व. श्रीकृष्णप्रति समवेदनाको फूल चढाउन पाएनन् । सञ्चारमन्त्री सव वाहन ट्रकमै चढेर पशुपती आर्यघाटमा पुगेका थिए ।
 
स्थानिय विकास तथा उपप्रधानमन्त्री र सञ्चार मन्त्री रिजालले स्व. श्रीकृष्णलाई राष्ट्रिय झन्डा ओढाउदै राष्ट्रिय सम्मान दिएका थिए । नेपाल प्रहरीको एक टुकुडीले सलामी दिएको थियो । पशुपती आर्याघाटमा स्व.श्रीकृष्णप्रति समवेदना प्रकट गर्न पुगेका सर्वसाधरण तथा फिल्मकर्मीले सुरक्षा व्यवस्था गर्न खटिएका प्रहरीबाट लाठी खानु पर्याे । भिड भएको भन्दै सरकारी सुरक्षाकर्मीले पशुपति आर्याघाटमा सहभागीलाई लाठी बर्सायो ।
 
‘हाम्रो नायकलाई समवेदना प्रकट गर्न नपाउने ?’ भन्दै सर्वसाधरणले पशुपति सुरक्षा व्यवस्थामा खटिएका प्रहरीलाई मुख लगाएका थिए । हजार्रौ सर्वसाधरण तथा शुभचिन्तक श्रीकृष्णको अन्तिम दाहसंस्कारमा समवेदनाको फूल नै नचढाइ फर्किएका थिए । स्व. श्रीकृष्णलाई सरकारी सम्मान दिइएपनि समवेदनाको फूल चढाउन नपाउँदा शुभचिन्तक तथा सर्वसाधरण सुरक्षा व्यवस्था मिलाउन सरकाले खटाएको सुरक्षाकर्मीप्रति रुष्ट थिए ।
 
Most Visited News (monthly)