ग्रामिण युवतीले देख्ने सुन्दर भविष्यको सपनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ’सुन्तली’ को फस्टलुक रिलिज गरिएको छ । अभिनेत्री प्रियंका कार्की प्रस्तुत फिल्मको शिर्ष भूमिकामा छिन् ।

भाष्कर ढुङ्गानको डेव्यु निर्देशन रहेको 'सुन्तली'को पूरै छायाँकन बन्दीपुरमा गरिएको छ । निर्देशक ढुंगानाकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद प्रविण अधिकारीले तयार पारेका हुन् । फिल्ममा अर्पण थापा, कर्म, राजकुमार पुडाशैनी, प्रमोद अग्रहरी, सूर्यमाला खनाल लगायतको पनि अभिनय रहेको छ ।

