पूर्वराजा ज्ञानेन्द्र शाहले अभिनेता श्रीकृष्ण श्रेष्ठको असमायिक निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । ज्ञानेन्द्रका स्वकिय सचिव फणिराज पाठकद्धारा सोमवार जारी गरिएको विज्ञप्तिमा अभिनेता श्रेष्ठको निधनको खबरले ज्ञानेन्द्र स्तब्ध भएको र मृतआत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

‘श्रेष्ठको असमायिक निधन भएकोमा मृत आत्माको चिर शान्तिको कामनका साथै शोक सन्तब्ध परिवारप्रति समवेदना व्यक्त गरिबक्सेको छ,, पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’
यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले श्रीको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पौडेलले एक विज्ञप्ति जारी गरी उपचारको क्रममा अभिनेता श्रेष्ठको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताउँदै उनको निधनले नेपाली फिल्मा क्षेत्रले एउटा लगनशील, सृृजनशील कलाकार गुमाउन पुग्दा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।
यस्तै फिल्म क्षेत्र तथा राजनीतिक नेताहरूले पनि श्रीको निधनमा दु:ख व्यक्त गरेका छन् । उपचारका क्रममा भारतमा निधन श्रेष्ठको आज राष्ट्रिय सम्मानसाथ अन्त्येष्टी गरिदै छ बिमानस्थलबाट सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, माइतीघर हुँदै उनको पार्थिव शरिरलार्इ प्रज्ञा प्रतिष्ठानमा लगिनेछ । साँझ ५ बजेसम्म उनको शवलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । साढे ५ पछि कमलादी, गौशाला हुँदै उनको शवलाई पशुपति आर्यघाटमा लगिने छ ।

