जातीय भेदभाव विरुद्धको सन्देश प्रवाह गराउने उद्देश्यले चेतनामुलक फिल्म 'कसिङ्गर' को निर्माण गरिएको छ । म्याग्दी निस्कोटका राजबिर पटेलको कथा लेखन, निर्देशन र निर्माण रहेको यो फिल्म प्रर्दशनका लागि तयार भएको हो ।

'कसिङ्गर'ले समाजमा विद्यमान जातिय छुवाछुतको समस्या बिरुद्ध सन्देश प्रवाह गराउने निर्माता तथा निर्देशक पटेलले जानकारी दिए । निर्माता पटेल, रेजिना उप्रेती, सुरबिर पण्डित, शुशिल पोखरेल, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको 'कसिङ्गर'को म्याग्दीबाटै प्रर्दशनको तयारी गरेको निर्देशक पटेलले जानकारी गराए ।

