Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१३ बर्षपछि अशोक शर्माले `छोरी` बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2014/08/10
`यो मायाको सागर` फिल्म निर्देशन गरेको झण्डै १३ बर्षपछि अशोक शर्माले निर्देशनमा व्याक हुने निर्णय गरेका छन् । 'छोरी' नामको शिर्षकमा शर्माले फिल्मा निर्माण गर्ने अनौपचारिक घोषणा गरे ।
 
सफल निर्देशक कलाकार एवं निर्माताको रुपमा चिनिएका शर्माले एक दशकको बिचमा दुई फिल्म निर्माण गरे भने एउटा टेलिफिल्म निर्देशन गरे । अबको करिब ६ महिनापछि फ्लोरमा जानेगरी स्क्रिप्टको काम गरिरहेको शर्माले बताए । सत्य घटनालाई आधार बनाएर फिल्मको स्क्रिप्ट लेखन कार्य राजकुमार श्रेष्ठले गरिरहेका छन् । 
 
फिल्म वितरण कम्पनी डिसिएनका निर्देशक शर्माको होम प्रोडक्सनमा बन्ने 'छोरी'मा अहिलेको समयमा चलेका कलाकारहरु मुख्य भूमिकामा देखिने बताईएको छ । शर्मालाई अमेरिकामा डाईरेक्सन पढिरहेकी छोरी र मलेसियामा डाईरेक्सन पढिरहेका छोराले पनि एसोसिएट डाईरेक्टरका रुपमा सघाऊने भएका छन् ।  
Most Visited News (monthly)