आठ बर्षिय बालक सौगात विष्टको निर्देशनमा निर्माण गर्न लागिएको फिल्म ‘लभ यू बाबा’ को छायाङ्कन शुरु भएको छ । असाधारण प्रतिभाका धनि सौगातको निर्देशनमा बन्ने फिल्म ‘लभ यू बाबा’को आज शुक्रबारबाट सुटिङ थालिएको हो ।
.jpg)
मुलतः मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु–छोरी विचको आत्मीय सम्बन्ध आधारित रहेर यो फिल्म निर्माण हुँदैछ । सौगातले यो फिल्म निर्देशन गरेपछि उनी विश्वकै कान्छो निर्देशकका रुपमा चिनिनेछन् । यस अघि भारतका नौ बर्षिय बालकले फिल्म निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकका रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।
फिल्म ‘लभ यू बाबा’मा गजित बिष्ट, संगम बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, वसन्त भट्टको मुख्य भूमिका रहेको छ । फिल्मको कथा गजित विष्टकै हो । करिव २५ दिनमा छायाङ्कन सक्ने लक्ष्य राखिएको यो फिल्मलाई मंसिर अन्तिम साता रिलिज गर्ने निर्माण युनिटले बताएको छ । फिल्मको निर्माता सम्झना पोखरेल हुन् ।

