Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सेफ ल्याण्डिङ` प्रिमियरका लागि सिड्नीमा झरनाको ल्याण्ड

फिल्मीखबर, सिड्नी, 2014/08/08
अभिनेत्री झरना बज्राचार्य फिल्म 'सेफ ल्याण्डिङ'को प्रिमियरका लागी अष्ट्रेलियाको सिड्नी शहर आइपुगेकी छिन् । अगस्ट ९ तारिख अर्थात यहि शनिबार साँझ सिड्नीको हर्सभिल सिभिक थिएटरमा हुने फिल्मको भव्य प्रिमियरमा झरना उपस्थित हुनेछिन् ।
 
 
फिल्म निर्माण कम्पनी नो वोरिज फिल्म्स्को आयोजनामा शनिबार सांझ ६ बजेबाट शुरू हुने फिल्मको प्रिमियरमा मुख्य पात्र झरनासहित निर्माताद्धय बसन्त भण्डारी र राहुल अग्रवालको साथमा निर्देशक सन्दीप जोसेफ र नेपालबाट गएका सञ्चारकर्मी सुमन गैरेको उपस्थित हुनेछ । यी सेलिब्रेटीलाई आयोजकले हमर लिमुजिनमा सिड्नी शहर परिक्रमा गराई प्रिमियरमा उपस्थित गराउने भएको छ ।  
 
 
अभिनेत्री बज्राचार्यले १३ बर्षपछी अष्ट्रेलिया आएको बताउँदै फिल्मको प्रिमियरमा सहभागी हुन पाउँदा निकै 'एक्साईटेड' भएको बताईन् । उनले भनिन्, 'सिड्नी बासी नेपालीहरूसँग बसेर फिल्म हेर्न आतुर छु ।'  यता आयोजकले फिल्मको प्रिमियर पूर्व स्थानिय कलाकारको आकर्षक प्रस्तुती रहने बताउँदै उदाहरणिय प्रिमियर शो गरेर देखाउने बताएको छ ।
 
 
अगस्ट महिनाको ९, १०  र १ तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा फिल्म 'सेफ ल्याण्डिङ'को प्रिमियर हुनेछ । यसैगरि अष्ट्रेलिया प्रिमियर भएको एक सातापछि अगस्ट १७ तारिखका दिन न्यूजिल्याण्डमा पनि 'सेफ ल्याण्डिङ' प्रिमियर हुनेछ । 
 
 
झरना बज्राचार्य, निरज बराल, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको ग्याङस्टार फिल्म 'सेफ ल्याण्डिङ'लाई बलिउड फिल्मकी सम्पादक मेघना अश्चितले सम्पादन गरेकी हुन् भने छायाँकन जोन ज्याकोब र पुरूषोत्तम प्रधानको रहेको छ ।  नेपालमा भने यो फिल्म मंसिर १९ गते रिलिज हुनेछ ।
Most Visited News (monthly)