फिल्म `जन्मभूमी`को डविङ लगभग अन्तिम चरणमा पुगेको छ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको डविङसगै कलर संयोजन तथा पाश्र्व संगीतको समेत काम भइरहेको छ । खासगरी सामाजिक कथामा केन्द्रित `जन्मभूमी`मा राष्ट्रप्रेम झल्काइएको छ ।
राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी फिल्म आधारित छ । `जन्मभूमी` मौलिक नेपाली फिल्म हुनुको साथै मौलिक नेपाली जनजीवनको कथा समेटिएको निर्देशक मोहन निरौलाले वताए ।
`जन्मभूमी`मा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको मुख्य भूमिका रहेको छ । फिल्ममा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गिरी रहेका छन् । फिल्ममा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन एवं अष्ट महर्जनको द्वन्द्व रहेको `जन्मभूमी`लाई सुरज गिरीले निर्माण गरेका हुन् ।

