Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

श्रीकृष्ण र श्वेताले दिल्लीबाटै गरे दर्शकलाई सम्बोधन

फिल्मीखबर, काठमाडौं, 2014/08/07

निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काले दिल्लीबाटै अडियो रेकर्ड गराएर दर्शक तथा शुभ चिन्तकलाई सन्देश पठाएका छन् । साउन २३ गते शुक्रबार देशभर प्रदर्शन हुने फिल्म ‘कोहिनूर’ लाई हलमै गएर हेर्न श्वेताले अनुरोध गरेकी छिन् भने ‘कोहिनूर’ हेरेर दर्शकले दिएको प्रतिक्रिया आफ्नो लागि औषधी हुने श्रीकृष्णले बताएका छन् ।

 

श्वेता : नमस्कार सम्पूर्ण श्रोता दर्शकहरुमा म स्वेता खड्का र तपार्इँहरुले माया गर्नु भएको कलाकार श्रीकृष्ण श्रेष्ठको तर्फबाट । उहाँलाई सुरुमा आवाजमा समस्या भईरहेको थियो । साधारण औषधीले काम गरिरहेको थियो । लामो समयपछि उहाँलाई डिप निमोनिया भएको डाक्टरले डिक्लियर गर्नु भएको छ ।

 

श्रीकृष्ण : मेरो भगवान् रुपी दर्शक महानुभावहरु नमस्कार म श्रीकृष्ण श्रेष्ठ लगायत नेपा मुभिजको तर्फबाट । नेपा: मुभिजले बनाएको पहिलो चलचित्र ‘कहाँ भेटिएला’ लाई माया र स्नहले सफलताको शिखरसम्म पुर्याइ दिनुभयो । त्यो सफलताको शिखरसम्म पुगेको फिल्मको बोझलाई काँधमा राखेर म अगाडी बढेको छु । त्यही अनुरुप तपाईँहरुको मायाले मैले ‘कोहिनूर’ फिल्म बनाएको छु ।

 

चेलीहरुको विषयमा देशदेखि विदेशसम्म पुगेर सुटिङ गर्ने मेरो एउटा सपना थियो । मेरो कल्पना र सपनालाई निर्देशक आकाश अधिकारीले साकार पारिदिनु भएको छ । उहाँले असाध्यै मिहेनत गरेर सिनेमा बनाउनु भएको छ । यसको रिलिज पनि तपाईहरुसँग बसेर एकदमै जोडका साथ गरौं भन्ने सोच थियो । त्यो पूरा गर्न सकिन । जसरी ‘कहाँ भेटिएला’ प्रदर्शन हुँदा मलाई मिडियाका साथीहरुले सहयोग गर्नु भएको थियो । यो फिल्ममा पनि त्यति नै सहयोग गरिरहनु भएको छ । उहाँहरुलाई धेरै धेरै धन्यवाद ।

 

यो फिल्म मेरो होइन, यो फिल्म तपार्इँहरुको हो । त्यसकारण तपार्इँहरुले म र श्वेता जी नभएतापनि यो फिल्मलाई आफ्नो सम्झेर माया गरिदिनुस् । बच्चा सम्झेर काखमा राखिदिनुस् । त्यो नै मेरो लागि तपाइहरुले दिएको औषधी हुनेछ, माया हुनेछ । मेरो परिवार सबैजना नेपालमा बसेर तपाईहरुको लागि ‘कोहिनूर’ उपहार दिन लागि पर्नु भएको छ । म लाग्नु र उहाँहरु लाग्नु एउटै हो । तपाईहरुले म नै सम्झेर उहाँहरुलाई सहयोग गरिदिनु होला भन्ने हल, वितरक, मिडियाकर्मी तथा दर्शकसँग अनुरोध गर्दछु । र, आकाश जीलाई धेरै धेरै धन्यवाद ।

 

उहाँले धेरै नै मिहेनत गरेर ‘कोहिनूर’ रिलिज गर्ने तर्फ लागि पर्नु भएको छ । म के मा ढुक्क छु भने त्यहाँ हामी भएपनि नभएपनि फिल्म जुन तरिकाले रिलिज हुनु पर्ने हो त्यही हिसाबले रिलिज हुन गइरहेको छ । मान्छेको जिवनमा तल र माथि अनि सुख र दुःख हुन्छ । सुख र दुःख जिवनको चौतारी हो भन्छन् त्यही चौतारीमा म बसिरहेको छु । तर, तपाईहरुबाट म धेरै टाढा छैन, नजिक छु । सायद फिल्म रिलिज भएको केही दिनमै तपाइहरुसँग बसेर फिल्म हेर्न सुख दुःखको साथमा म आउँछु धन्यवाद नमस्कार ।
 

Most Visited News (monthly)