Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरो हिरोइनलाई छैन गाईजात्रे झटारो

फिल्मीखबर, काठमाडौं, 2014/08/06

यस वर्षको गाईजात्रामा हिरो र हिरोइनलाई झटारो कम हुने भएको छ । गाईजात्रे झटारोले सम्बन्ध बिग्रिएको भन्दै हास्य व्यंग्य कलाकारले हिरो हिरोइनलाई कम झटारो हान्ने भएका  हुन् ।

 

‘गाईजात्रामा केही हिरो हिरोइनलाई झटारो हान्दा ६ महिनासम्म बोलचाल बन्द भयो । त्यसैले यो वर्षको गाईजात्रामा फिल्मकर्मीलाई छुदैनौैं,’ गाईजात्राको तयारी गरिरहेका दीपकराज गिरीले भने ।  दिपकले यो पटकको गाईजात्रामा राजीनितक दलका नेता तथा कार्यकर्तालाई मात्र व्यंग्य ठोक्ने बताएका छन् ।

 

यही साउन २४ गते देखि भदौ १९ गतेसम्म भृकुटीमण्डपमा ‘तीते जिरे मेरी बास्सै हाँस्य व्यंग्य गाईजात्रा’ कार्यक्रमको आयोजना हुँदैछ । गाईजात्रा कार्यक्रमले गर्दा दीपक, दीपा र निर्मल शर्मा ‘गैंडा’ ले निर्माण गर्ने फिल्म ‘वडा नं ६’ को छायाँकन मिति पनि धकेलिएको छ ।

Most Visited News (monthly)