Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कोहिनूर` प्रिमियर रोकियो | पब्लिकसँगै स्पेशल शो

फिल्मीखबर, काठमाण्डौ, 2014/08/06
शुक्रबार साउन २३ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘कोहिनूर’ को प्रिमियर नहुने भएको छ । निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठलाई निमोनिया भएर दिल्ली अस्पतालमा थप उपचार गर्नुपर्ने भएपछि बिहिबार गर्ने भनिएको ‘कोहिनूर’ को प्रिमियर रोकिएको हो ।
 
फिल्म ‘कोहिनूर’ अभिनेत्री एवं श्रीकृष्ण पत्नी पनि श्वेता खड्का श्रीकृष्णसँग दिल्लीमै छिन् । प्रिमियर नहुने भएपछि आकाश अधिकारीको लेखन एवं निर्देशन रहेको फिल्म ‘कोहिनूर’ को शुक्रबार बिहान ‘पब्लिक’ शो सँगै स्पेशल शो हुने भएको छ । शुक्रबार बिहान ८ बजे कमलादीस्थित कुमारी हलमा ‘कोहिनूर’ लाई वरिष्ठ फिल्मकर्मी तथा सञ्चारकर्मी बिच शो गरिने लेखक एवं निर्देशक अकाश अधिकारीले जानकारी दिए ।
 
सुरुमा घाँटीको एलर्जीका कारण दिल्ली अस्पतालमा उपचारको लागि भर्ना गरिएका श्रीकृष्णलाई पछि निमोनिया भएपछि थप उपचारको लागि दिल्ली अस्पतालमै राखिएको छ ।श्रीकृष्ण र श्वेता फिल्म रिलिज अगाडी नेपाल फर्कने सम्भावना टरेको छ । फिल्म 'कहाँ भेटिएला’ पछि श्रीकृष्ण र श्वेता खड्को लगानी एवं अभिनय रहेको ‘कोहिनूर’ प्रदर्शनमा आउँदैछ ।
Most Visited News (monthly)