निर्माता छवि ओझाले आफ्नो २४ बर्षे फिल्मी करिअरमा हाल सम्मकै उत्कृष्ट प्रतिक्रिया पाएको तर्क गरेका छन् । कुनै पनि दृश्य र संवादमा कैंची नलागी सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएपछिइ निर्माता ओझाले आफ्नो फिल्म उत्कृष्ट रहेको बताएका हुन् ।
कात्तिक ७ गतेदेखि रिलिज हुने 'लज्जा'को सेन्सर सकिए लगत्तै सेन्सर सदस्यहरुबाट अपेक्षा भन्दा बढी प्रसंशा पाएको छविले बताए । नवल नेपाल निर्देशित 'लज्जा'पूर्ण रुपमा नारी प्रधान फिल्म हो । शिल्पा पोखरेल शिर्ष भूमिकामा रहेको यो फिल्ममा आर्यन सिग्देल, निराजन लुईटेल लगायतको अभिनय छ ।

