Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालको अस्कर छनोट समितिले माग्यो फिल्म

फिल्मीखबर, काठमाडौं, 2014/08/05

नेपालको अस्कर छनोट समितिले ८७ औं एकेडेमी अवार्डस्मा सहभागिताका लागि नेपाली फिल्म आहवान गरेको छ । विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र समिति नेपाल (अस्कर)ले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै फिल्मकर्मीलाई सहभागिताका लागि आहवान गरेको हो ।



फागुन १०मा अमेरिकाको लसएञ्जल्समा सम्पन्न हुने अवार्डमा सहभागिता जनाउन ईच्छुक नेपाली फिल्मकर्मीले साउन ३० भित्र अस्कर समितिले तय गरेको मापदण्ड पूरा गरेका फिल्म दर्ता गराउने सक्नेछन् ।



अस्करमा फिल्म पठाउन चाहानेले निर्माता संघ तथा चलचित्र निर्देशक समाजको सिफारिस पत्र पेश गर्नुपर्ने छ भने अघिल्लो सालको असोज १५ देखि पछि र यो सालको असोज १४ भित्र प्रदर्शन भईसकेका फिल्म मात्र प्रतिस्पर्धाका लागि योग्य ठानिनेछन् ।  गतसालबाट सक्रिय भएको समितिले गतसाल ‘सुनगाभा’ फिल्म प्रतिस्पर्धाका लागि पठाएको थियो ।
 

Most Visited News (monthly)