Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

`सुनकोशी प्रभावितलाई सहयोग गर्रौं` : कोमल ओली

फिल्मीखबर, काठमाण्डौ, 2014/08/05
सिन्धुपाल्चोकको गएको भिषण पहिरोमा सरकारले वेवास्ता गरेको भन्दै तत्काल राहात दिन कलाकारहरुले दवाव दिएका छन् । साथै उनीहरुले सरकारको राहात कोषबाट रकम दुरुपयोग भएको भन्दै राहात दिने व्यक्ति तथा संघ संस्थालाई घटनास्थलमै गएर राहात वितरण गर्न आग्रह गरेका छन् ।
 
मिडिया इन्टरनेसनलले साउन २० गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘राजनीनि’ अभिनेत्री कोमल ओलीले तत्काल सरकारले उचित राहतको व्यबस्था गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘पीडितहरु राज्यतर्फ निकै आक्रोसित छन् । त्यो आक्रोसले कुनै पनि बेला ठुलो रुप लिन सक्छ ।’
 
पीडितहरुले अब दैविक प्रकोपको करोडौं रकम खोज्नु पर्ने बताउदै लाखौं रकम दैवि प्रकोप कोषमा थन्केर बस्दा समेत राज्यले ध्यान दिन नसकेकोमा कोमलले दुःख व्यक्त गरिन् । राहत कोषमा रकम जम्मा गर्नु भन्दा घटनास्थलमै गएर रकम हस्तान्तरण गर्नु पर्ने कोमलको अनुरोध थियो ।
 
बरिष्ठ नाटककार मदनदास श्रेष्ठले हरेक ठाँउको विपत्तिमा नेपाली कलाकारहरुले साथ सहयोग गर्दै आएको बताउँदै सुनकोशीमा आएको पहिरो पीडितले राहत नपाएकोमा दुख व्यक्त गरे । उनले सरकारले यस्ता विपत्तिका घटनामा तिब्र तदारुकता देखाउन नसक्नु दुखद भएको बताए । कलाकारहरु  सहयोग जुटाउन लागिपर्ने समेत उनले बताए । उनले राज्यका तर्फबाट तत्काल उद्धार र सहयोग गर्नुपर्ने भन्दै दवावका लागि सबै समक्ष आग्रह गरे ।   
 
त्यस्तै हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले पीडितहरुलाई सरकारले कुनै पनि वास्ता नगर्दा कलाकारहरु बाध्य भएर दबाब दिनु पर्ने अबस्था आएको बताए । सिन्धुपाल्चोकको मांखामा अहिलेसम्म राहत पुराउन नसक्नु दुखद कुरा रहेको उनले बताए । संगीतकार चेतन सापकोटाले कलाकारहरुले सडकमा चन्दा उठाएर घटनाका पीडितलाई राहत उपलव्ध गराउने बताए । उनले यसरी उठाइएको रकम घटनास्थालमै गएर पीडितलाई सहायता गर्ने बताए । 
 
Most Visited News (monthly)