Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

लाउरे र दयाहाङमा बाजी कसले मार्ला ?

फिल्मीखबर, काठमाडौं, 2014/08/01

भदौ ६ गते नेपाली फिल्महरु बीच ठूलो भिडन्त हुँदैछ । भदौ ६ मा तीन फिल्महरु ‘ताण्डव’, ‘सम्बोधन’ र ‘ठूली’ एकसाथ प्रदर्शनमा आउँदैछन् । तीन मध्ये ‘ताण्डव’ र ‘सम्बोधन’ को प्रतिस्पर्धालाई चासोको नजरले हेरिएको छ ।

 

बेलायती नागरिक मुर्रे केर निर्देशित फिल्म ‘ताण्डव’ र ‘होस्टेल’ निर्देशक हेमराज विसी निर्देशित फिल्म ‘सम्बोधन’ का लक्षित दर्शक उस्तै वर्गका हुन् । त्यसैले पनि यी दुई फिल्मले पाउने दर्शक संख्या, व्यापार अनि प्रतिक्रियालाई लिएर फिल्म नगरीमा अनुमानको खेती सुरु भईसकेको छ । ‘स्म्यासिङ एप्पल’ मोहन डोटेल निर्मित फिल्म ‘ताण्डव’ डन, ड्रग्स अनि वैश्यावृत्तिमा आधारित छ ।

 

चर्चित र्यापर आशिष राना ‘लाउरे’ फिल्मका मुख्य पात्र हुन् । युवट्युव हिट लाउरेको क्रेजले दर्शक हलमा ओइरिने निर्माण पक्षको विश्वास छ । लाउरेसँगै ‘ताण्डव’ मा नम्रता श्रेष्ठ, अनुप बराल, एलिन गुरुङ लगायतको अभिनय छ । स्ववियुका पूर्व केन्द्रिय सदस्य सरोज न्यौपानेद्धारा निर्मित फिल्म ‘सम्बोधन’ राष्ट्रियता अनि राजनीतिसँग सम्बन्धित छ । फिल्मका मुख्य पात्र दयाहाङ राई हुन् ।

 

भिन्न भूमिकामा देखिएका दयाहाङ अनि क्राइम रिपोर्टर बनेकी नम्रताको क्रेजले दर्शकलाई हलसम्म तान्ने ‘सम्बोधन’ युनिटको अपेक्षा छ । ‘सम्बोधन’ बाट विनय भट्ट नव नायकको रुपमा आउँदैछन् । लाउरेको ‘ताण्डव’ अनि दयाहाङको ‘सम्बोधन’ मध्ये कसले बढी दर्शकको साथ पाउलान् ? फिल्मनगरीमा चासो र चर्चाको विषय बनेको छ ।  नवप्रवेशी लाउरे र अभिनेताको रुपमा खारिएका दयाहाङ बीचको भिडन्तले कस्तो परिणामा ल्याउला भदौ ६ गतेसम्म प्रतिक्षा गर्रौं ।

Most Visited News (monthly)