Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेहुली र विधुवाको भूमिकामा प्रियंका

फिल्मीखबर, काठमाडौं, 2014/08/01

अभिनेत्री प्रियंका कार्की हरेक फिल्ममा आफ्नो भूमिकालाई विविधता दिने बाटोमा छिन् । हट नायिका प्रियंका कार्कीले फिल्म ‘नाईं नभन्नू ल २’ मा आमाको भूमिका निभाइन् । सामान्यतया जवान हिरोइन आमाको भूमिका गर्न रुचाउन्नन् । तर प्रियंकाले भूमिका स्विकारिनन्मात्र उनको भूमिकालाई रुचाइयो पनि । 

 

त्यसअघि 'झोले' मा उनले गरेको कल गर्लको भूमिकाले पनि धेरैको मन जितेको थियो । त्यसैगरी गुपचुपै छायाँकन सकाइएको फिल्म ‘माला’ मा प्रियंकाले विवाहित अनि विधुवा नारीको भूमिका निभाएकी छिन् । आर्यन सिग्देल अपोजिटमा रहेको यो फिल्मको बाँकी डिटेल न त निर्माण पक्ष दिन चाहन्छ नत कलाकार नै ।

 

प्रियंकासँग यो भूमिकाको विषयमा सोध्दा प्रियंकाले फिल्म र पात्रको विषयमा केही पनि बोल्न नमिल्ने बताइन् । प्रियंका र आर्यनसँगै फिल्म ‘माला’ मा सुमिना घिमिरेको पनि अभिनय छ । फिल्म ‘माला’ लाई यही वर्षको पौष १८ गते प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ । शिशिर रानाले निर्माण गरेको फिल्मलाई बबी सिंहले निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)