फिल्म ‘झोले’ को विदेशका विभिन्न शहरमा शो हुने भएको छ । अगस्ट महिनादेखि डार्क कमेडी फिल्म ‘झोले’ को युके र युरोपका विभिन्न शहरमा शो हुनेछ । ‘झोले’ लाई लिएर दर्शना आर्टस्का सिइओ सुरेश दर्पण पोखरेल आउँदो अगस्ट २ तारिखका दिन युके उड्दैछन् ।
फिल्म ‘झोले’ को अगस्ट ३ देखि ९ तारिखसम्म स्कटल्यान्डमा शो हुनेछ भने अगस्ट ९ देखि १७ तारिखमा लण्डनमा शो हुनेछ । त्यस्तै अगस्ट १८ देखि २२ तारिखमा बेल्जियम र डेनमार्कमा शो हुनेछ । युरोपका विभिन्न शहरमा फिल्म ‘झोले’ को शो गर्ने तयारी भैरहेको सुरेश दर्पण पोखरेलले जानकारी दिए । ‘झोले’ सँगै दर्पण स्वयम् निर्देशित फिल्म ‘थ्री लभर्स’ को पनि युके तथा युरोपका शहरमा शो गर्ने उनले जानकारी दिए ।
दिपेन्द्र के. खनाल निर्देशित ‘झोले’ मा दयाहाङ्ग राई शिर्ष भूमिकामा छन् । प्रियंका कार्कीको ‘झोले’ र ‘थ्री लभर्स’ दु्वैमा अभिनय छ । दिपेश रेग्मी, कुशल श्रेष्ठ, सन्तोष विश्वकर्मा, संजय पत्न, ध्रुव दत्त लगायतले युकेमा ‘झोले’ र ‘थ्री लभर्स’ को शोलाई व्यवस्थापन गर्दैछन् । त्यस्तै युरोपमा देवु श्रेष्ठ, अजित देवकोटा, जय अधिकारीले शोको व्यवस्थापन हेर्नेछन् ।

