Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`भ्यालेन्टाइन` खोज्दै निशा

फिल्मीखबर, काठमाडौं, 2014/08/01

अभिनेत्री निशा अधिकारी अभिनित फिल्महरुले व्यवसायिक सफलता पाउन सकिरहेका छैनन् । निशा अभिनित ‘फस्ट लभ’ मात्रै व्यवसायिक सफल फिल्म हो । सफल फिल्मको पर्खाइमा रहेकी निशा अभिनित फिल्म ‘मेरो भ्यालेन्टाइन’ साउन १६ अर्थात् यहि शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

 

यो फिल्मलाई निशाले ‘फस्ट लभ’सँग दाँजेकी छिन् । सुरज सुब्बा नाल्बो निर्देशित फिल्ममा निशासँगै स्वतन्त्रप्रताप शाह, बाबु बोगटी र सुम्मिता ढकालको अभिनय छ । दुई हिरो मध्ये निशाको भ्यालेन्टाइन को हुन्छ ? सस्पेन्स नै राखिएको छ । सुशिल श्रेष्ठ निर्मित फिल्म ‘मेरो भ्यालेन्टाइन’ निर्माण भएको लामो समयपछि प्रदर्शनमा आउन लागेको हो ।

 

सोलो रिजिजको मौका पाएको ‘मेरो भ्यालेन्टाइन’ ले सर्वोच्च शिखर सगरमाथा चढेकी आँटीली निशालाई सफलता दिलाउला ? निशालाई हिट फिल्मको खडेरी छ । किनकी निशा अभिनित फिल्म ‘मुखौटा’ ले पनि अपेक्षा गरे अनुरुप गतिलो व्यापार गर्न सकेन ।

 

Most Visited News (monthly)