मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिक्षामा प्रशान्तको `निशानी`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/28
अभिनेता प्रशान्त तामाङ अभिनित प्रदर्शनमा आएको पहिलो फिल्म ‘गोर्खा पल्टन’ ले व्यवसायिक सफलताको तहल्का नै पिट्यो । फिल्म ‘गोर्खा पल्टन’ ले प्रशान्तको इन्डियन आइडलको क्रेजलाई तत्कालै क्यास गरेको थियो । त्यसपछि भने प्रशान्त अभिनित प्रदर्शनमा आएका दुई फिल्मले चर्चा र व्यापारमा सुख्खा लाग्यो ।
 
सुपरहिट पछि सुपर फल्प फिल्महरु दिएका प्रशान्त अभिनित अर्को फिल्म ‘निशानी’ प्रदर्शनमा आउँदैछ । के सुपरहिट फिल्म ‘गोर्खा पल्टन’ को क्रेज प्रशान्तको ‘निशानी’ ले पाउला ? प्रशान्त शिर्ष भूमिका प्रस्तुत भएको फिल्म ‘निशानी’ आउदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्म ‘निशानी’ कारगीलको युद्धमा गोर्खाली सेनाले दिएको योगदानमा अधारित छ । प्रेम सुब्बा निर्मित फिल्मको कथा एवं निर्देशन विनोद सेरेङको छ । 
 
प्रशान्तसँगै फिल्म ‘निशानी’ मा प्रेम सुब्बा, अनु गुरुङ, विष्णु चेम्जोङ, सिरु विष्ट लगायतको मुख्य भूमिका छ । गोर्खाली फौजको कथामा फिल्म आधारित भएकाले ‘निशानी’ लाई दर्शकले मन पराउने आशा निर्माण युनिटको छ ।