मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वराङ्कनमा `नाइके`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/28
फिल्म ‘नाइके’ को स्वराङ्कन (डबिङ ) सुरु भएको छ । अनामनगरस्थित एफडि स्टुडियोमा कलाकारद्धय आर्यन सिग्देल र रेम विकले फिल्म ‘नाइके’ को स्वराकङ गरे । एक सातामा फिल्मको पुरै स्वराङ्कन सकिनेछ ।
 
अभिनेता आर्यन सिग्देल शिर्ष भूमिकामा देखिएको फिल्म ‘नाइके’ लाई पोखराका युवा मिलेर निर्माण गरेका हुन् । आर्यन ‘दबगं’ रोलमा देखिएको फिल्म ‘नाइके’ लाई नेत्र गुरूङले निर्देशन गरेका हुन् । फिल्म ‘नाइके’ शहरमा चल्ने गुन्डागर्दीसँग सम्बन्धीत छ । फिल्ममा आर्यन र रेमसँगै सुरविना कार्की, बोधराज रेग्मीलगायतको भूमिका छ । 
 
फिल्ममा ताराप्रकाश लिम्बु, योगेशकाजी र रमण गायकको संगीत रहेको छ ।  नेत्र गुरुङले लेखेको फिल्ममा अर्जुन तिवारीको छायांकन रहेको छ । फिल्म ‘नाइके’ लाई विष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्रीले निर्माण गरेका हुन् । स्टुडियोमा रहेको ‘नाइके’ लाई भदौ १३ गते अल नेपाल प्रदर्शन गर्ने योजना छ । 
 
प्रदर्शन मिति सर्न सक्ने सम्भावना नरहेको निर्माण युनिटले बताउँदै आएको छ । फिल्म ‘नाइके’ सँगै भदौ १३ मा ‘उत्सव’ र ‘यो कथा तिम्रो मेरो’ प्रदर्शनमा आउँदैछन् ।