मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकृति भन्छिन्, `बिहेपछि फ्यान बढे`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/28
नेपाली फिल्म क्षेत्रमा बलियो सम्भावना बोकेर फिल्म ‘होस्टेल’बाट उदाएकी प्रकृति श्रेष्ठले केहि साता अगाडी गुपचुपमा बिहे गरिन् । करिब पाँच वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका सुदिप न्यौपाने नाम गरेका प्रेमीसँग पारिवारिक जमघटका बिच प्रकृतिले बिहे गरेकी थिइन् ।
 
युवा पुस्ताकी लोकप्रिय म्युजिक भिडियो मोडल अनि नेपाली फिल्ममा राम्रो सम्भावना बोकेकी प्रकृतिको बिहे बारे कुनै पनि मिडिया हाउसलाई औपचारिक निमन्त्रणा थिएन । लगनगाँठो पछि मात्रै मिडियाले प्रकृतिको बिहेको खबर बाहिर ल्याएका थिए ।
 
बिहेलाई किन गुपचुप राखियो ? २२ बर्षे नव दुलहीले फिल्मीखबरसँग भनिन्, ‘बिहेको टुङ्गो यति छिटो लाग्यो कि मिडियालाई सम्झने फुर्सद नै भएन ।’ लगन छिनेको ३ दिनमै बिहे भएको प्रकृतिले बताइन् । बिहे गर्न किन हतार ? भन्ने जिज्ञासामा प्रकृतिको जवाफ छ, ‘अफयेर भएको लामो समय भैसकेको थियो । एक अर्कालाई हामीले राम्रोसँग बुझ्ने मौका पाइसकेका थियौं । हामीबिच समझदारी छ भने किन बिहे नगर्ने भनेर बिहे गर्यौं ।’
 
६ हप्ताको छुट्टिमा नेपाल आएका प्रेमी न्यौपाने प्रकृतिसँग बिहे गरेर पाँच वर्षको लागि अष्ट्रेलिया फर्किसकेका छन् । प्रकृतिले भनिन्, ‘यति लामो समयसम्म जे पनि हुन सक्छ भनेर बिहे गर्ने निर्णय गर्यौं ।’ अन्र्तजातिय बिहेमा पूर्ण रुपमा पारिवारिक समर्थन रहेको प्रकृतिले बताइन् । प्रेमीबाट प्रकृतिको पति बनेका सुदिप अष्ट्रेलियामा नेपाली फिल्मको प्रवद्र्धन गर्ने गर्छन् । नेपाली क्रिकेट क्लब ‘सगरमाथा’ बाट सुदिपले विभिन्न क्रिकेट प्रतियोगितामा सहभागिता पनि जनाउँदै आएका छन् ।
 
 
बिहेपछि कलाकारको ‘फ्यान फलोअर’ कम हुने एक प्रकारको आँकलन छ । तर, प्रकृतिमा यो आँकलन उल्टो रुपमा लागु भैरहेको छ । उनले भनिन्, ‘बिहेपछि झन् फ्यानको फलोअर बढे जस्तो लाग्छ ।’ फेसबुकमा आउने लाइक अनि कमेन्टलाई प्रकृतिले फ्यान फलोइङ्को मापन बनाएकी छिन् ।
 
म्यानेजमेन्टकी विद्यार्थी प्रकृतिले विगत दश महिनादेखि १५ महिने फेसन डिजाइनको कक्षा लिदैछिन् । आफ्नो भविष्य बारे प्रकृतिले भनिन्, ‘फेसन डिजाइनिङ मेरो व्यवसायिक पाटोमा आउँछ । मोडलिङ र फिल्मको अभिनयलाई ‘साइड जव’ को रुपमा लिएको छु ।’ केही महिनादेखि उनले ‘अनलाइन फेसन स्टोर’ नै सञ्चालनमा ल्याएकी छिन् ।
 
हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ रिलिज पछि धेरैको आँखामा परेकी प्रकृतिले फरक विषयवस्तु र युवा शक्तिसँग मात्रै काम गर्ने बताइन् । उनले भनिन्, ‘मूल धारको फिल्ममा काम गर्न त्यति ईच्छा छैन ।’ अहिलेसम्म प्रस्ताव आएका मूल धारका केही फिल्मको कथा चित्त नबुझेको प्रकृतिको कथन छ । त्यसकै परिणाम स्वरुप प्रकृतिले ‘होस्टल’ रिलिजपछि पछि जम्मा तीन वटा फिल्ममा अभिनय गरेकी छिन् । 
 
प्रकृति अभिनित फिल्म ‘उत्सव’ भदौ १३ गते प्रदर्शनमा आउँदैछ भने फिल्महरु विशेष भूमिकाको ‘जिन्दगी रक्स’ र अतिथि भूमिकाको ‘अभास’ सुटिङ सकेर पोष्ट प्रोडक्सनमा पसेका छन् ।