Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

श्रीकृष्णलाई सम्झेर भक्कानिए `कोहिनूर` निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2014/07/27

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का बिनै फिल्म ‘कोहिनूर’ को प्रेसमिट आयोजना गरियो । दिल्लीमा उपचारपछि आराम गरिरहेका श्रीकृष्णलाई सम्झिएर निर्देशक आकाश अधिकारी प्रेसमिटमै भक्कानिए ।

 

 

नयाँ बावेश्नरस्थित इन्द्रेणी होटलको हलमा निर्देशक अधिकारीले भक्कानिदैं भने, ‘यतिबेला श्री यहाँ भएको भए मेरो छेउमै हुन्थ्यो होला । तर, त्यो भएन ।’ रोकिदै निर्देशक अधिकारीले थपे, ‘फिल्ममा सुरुदेखि नै सँगै काम गर्यौं । पहिलो प्रेस मिटमा नै ऊ भएन । श्रीकृष्ण र श्वेता आएपछि फेरी तपाइहरुसँग यसरी नै भेट गर्नेछौं ।’

 

श्रीकृष्ण र आकाशले फिल्म ‘को आफ्नो को बिरानो’ मा पहिलो पटक सँगै काम गरेका थिए । नेपालदेखि भारतसम्म हुने चेलिबेटी बेचबिखनको कथा रहेको ‘कोहिनूर’ मा कथा लेखन पनि निर्देशक अधिकारीकै छ ।

 

असार २६ गतेको बिहेको केही दिनमै श्रीकृष्ण र श्वेताको जोडी भारततर्फ हनिमुन यात्रामा निस्किएको थियो । श्रीकृष्णलाई घाँटीको समस्या देखिएपछि उनीहरु दिल्लीमै रोकिएको र त्यहाँकै अस्पतालमा उपचार गरिएको स्वेता स्वयम्ले आफ्नो फेसबुक मार्फत जानकारी दिएकी थिइन् । सुख्खा खोकीले अस्पताल भर्ना भएका श्रीकृष्णलाई डाक्टरले धेरै नबोल्ने सल्लाह दिएका छन् ।

 

 

निर्माता एवं मुख्य कलाकारद्धय श्रीकृष्ण र श्वेता देश बाहिर भएपछि यही साउन २३ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘कोहिनूर’ को प्रचार प्रसारमा प्रत्यक्ष असर परिरहेको छ । निर्माता मध्येका एक प्रकाश श्रेष्ठले फिल्म ‘कोहिनूर’ को प्रचार प्रसारमा जोड दिने बताए ।

 

फिल्ममा बिशेष भूमिकामा प्रस्तुत भएका संगीतकार सम्भुजित बाँस्कोटाले आफूले धेरै मेहनत गरेको र गीत पनि निकै राम्रो बनेको बताए । उनले भने, 'दर्शकलाई नयाँ स्वाद दिने कोशिस गरेको छु । गीतकारहरूले पनि निकै मेहनत गर्नु भएको छ ।'

 

प्रेसमिटमा निर्देशक आकाश अधिकारी सहित अन्य निर्माता कलाकार एवं प्राविधिकको सहभागीता थियो । कार्यक्रममा मन्तव्य राख्नेले अभिनेता श्रीकृष्ण श्रेष्ठको शिर्घ स्वाथ्य लाभको कामना गरे ।

Most Visited News (monthly)