फिल्म ‘सम्बोधन’ को पहिलो प्रेसमिटमा अभिनेत्री नम्रता श्रेष्ठको पहिरनले ध्यान खिच्यो । कुमारी हलको बिहानी प्रेसमिटमा नम्रता ‘कुल कुल’ भएर पुगेकी थिइन् । ‘सम्बोधन’ को पोस्टर अनि नम्रताले पहिरीएको पहिरन दुरूस्तै थियो ।
(3).jpg)
पहिलो फिल्म ‘होस्टेल’ निर्देशक हेमराज विसी निर्देशित फिल्म ‘सम्बोधन’ मा नम्रता क्राइम रिपोर्टरको भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्ममा पनि नम्रता प्रेसमिटकै पोशाकमा प्रस्तुत भएकी छिन रे । क्राइम रिपोर्टरको पहिरन यस्तै हो ? नम्रताको जवाफ छ, ‘रिपोर्टिङमा हिड्दा सहजताको लागि यस्तो पहिरन लगाएको हो । फेरी क्राइम रिपोर्टर त कुद्नु पर्ने हुन्छ, सजिलो ड्रेस लगाउनु परेन ?’
निर्देशक हेमराज विसीले भने, ‘हिरोइनलाई ग्ल्यामरस पनि त देखाउनु पर्यो नि !' सौरभ आचार्यले फिल्म ‘सम्बोधन’ को ड्रेस डिजाइन गरेका छन् । भदौ ६ गते नम्रता अभिनित दुई फिल्म ‘सम्बोधन’ र ‘ताण्डव’ एकसाथ प्रदर्शनमा आउँदैछन् । फिल्म ‘सम्बोधन’ मा क्राइम रिपोर्टर बनेकी नम्रता फिल्म ‘ताण्डव’ मा कल गर्लको भूमिकामा छिन् । दुवै फिल्मको प्रचार प्रसारमा नम्रताले उत्तिकै समय दिने बताएकी छिन् ।

