मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

फिल्मीखबर मिडियाको क्षमा याचना

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
स्व. निर्देशक शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेसँगै गत जेठ २६ गते सम्पन्न भएको मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड २०७१ को दोश्रो संस्करणमा विभिन्न १७ विधामा पपुलर फिल्म र फिल्मकर्मीलाई ट्रफी तथा प्रमाण पत्र वितरण गरिएको थियो । वर्ष ०७० सालमा प्रदर्शन भएका फिल्म, फिल्मको व्यापार, चर्चा, प्रस्तुतीकरण अनि प्रतिक्रियालाई आधार बनाएर मनोनयन सार्वजनिक गरिएको हो ।
 
वर्ष ०७० सालमै प्रर्दशनमा आएको फिल्म ‘मेघा’ बाट तरुनीका महतो फेसन डिजाइनर विधाको पपुलर पाँच मनोनयनमा परेकी थिईन् । उनलेले गरेको उत्कृष्ट कामको सम्मान गर्दै आयोजकले उत्कृष्ट पाँचमा समावेश गरेको हो । तर, यो मनोनयप्रति फिल्म निर्माण कम्पनी सभस्त इन्टरटेनमेन्टले आपत्ती जनाउँदै आफ्नो फिल्मको प्रतिलिपी अधिकारी हनन भएको बताएपछि फिल्मीखबर मिडियाको ध्यानाकर्षण भएको छ । 
 
सभस्त इन्टरनेटमेन्ट कम्पनीप्रति कुनै पनि नकारात्मक धारणा नरहेको र प्रतिलिपी अधिकार पनि हनन गर्ने उद्धेश्य नरहेको ओफा आयोजक र फिल्मीखबर मिडिया प्राली विश्वस्त पार्न चाहन्छ । त्यस प्रालिको तर्फबाट प्रतिलिपि अधिकार हननको सम्बन्धमा हामी उपर उजुरी परकाले फिल्मीखबर मिडिया कम्पनीलाई परेको क्षति र प्रतिलिपि अधिकार ऐनको सम्मान गर्दै रु।५०० क्षतिपुर्ति सहित क्षमा याचना गर्दछौं ।
 
साथै अनलाइन फिल्मीखबर अवार्ड (ओफा) मा साथदिने सहयोगी हात, संघ संस्था तथा सारथीलाई ओफा आयोजक हार्दिक धन्यवाद व्यक्त गर्दछ । ओफा अवार्डको अन्य संस्करणमा पनि यस्तै सहयोग र साथको अपेक्षा राख्दछ ।