मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटुली’ निर्देशकलाई नयाँ फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
लामो समय पछि रञ्जित राना फिल्म निर्देशनमा फर्किएका छन् । शेखर कोइरालाले लगानी गर्ने एक फिल्मलाई रञ्जितले निर्देशन गर्ने पक्का भएको छ । फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरिएपनि फिल्म बारे थप जानकारी भने गराइएको छैन । 
 
‘कृष्ण अनमोलले फिल्मको कथा लेख्दैछन्', फिल्मको निर्देशन रञ्जितले गर्ने पक्का छ’ भदौ १३ गते प्रदर्शन हुने फिल्म ‘उत्सव’को व्यवस्थापनमा व्यस्त निर्माता कोइरालाले भने, ‘हामी दशैं अगाडी नै सबै फाइनल गरेर छायाँकनमा जान्छौं ।’
 
नाम जुराउन बाँकी फिल्मले नयाँ र पुरानो दुवै पुस्तालाई सम्बोधन गर्ने कथालाई उठाउने निर्देशक रानाले बताए । फिल्मको कलाकार तथा प्राविधिक पक्का भैसकेको छैन । निर्देशक रानाले ‘बाटुली’, ‘संसार आफ्नै’ फिल्म निर्देशन गरेका थिए ।