मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबुरामले भने, `संविधानमा फिल्मका कुरा पक्का`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अब बन्ने संविधानमा फिल्म क्षेत्रको कुरा पनि समेटिने आश्वसन दिएका छन् । पूर्व प्रधानमन्त्री भट्टराइलाई भेट्न सिंहदरबार पुगेको कलाकारको टोलीलाई उनले यस्तो आश्वसन दिएको हुन् । 
 
कलाकार संघका अध्यक्ष नवल खड्काको प्रतिनिधित्वमा बसुन्धरा भूषाल, लक्ष्मी गिरी, निशा अधिकारी लगायत कलाकारहरु आज पूर्व प्रधानमन्त्री भट्टराईलाई भेट्न सिंहदरबार पुगेका थिए । कलाकर संघका अध्यक्ष नवल खड्काले भने, ‘अब बन्ने संविधानमा फिल्मका कुरा पक्का अटाउँछन् ढुक्क हुनुस् भनेर उहाँले भन्नु भएको छ ।’ 
 
बाबुरामसँगको भेटमा कलाकार संघको तर्फबाट २ बुँदे सुझाव पत्र पनि प्रस्तुत गरिएको छ । बुँदामा ‘मौलिक हक’ र ‘राज्यको दायित्व’ उल्लेख छन् । मौलिक हक अन्र्तगत ‘चलचित्र अभिव्यक्ति सम्प्रेषणको सशक्त माध्यम भएकाले फिल्म निर्माण गर्न वा प्रदर्शन गर्न कुनै प्रतिबन्ध लगाइने छैन’ भनी उल्लेख गरिएको छ ।
 
 
यस्तै, सुझावको दोश्रो नम्बरको ‘राज्यको दायित्व’ अन्र्तगत बुँदामा ‘राज्यले राष्ट्रिय चलचित्र विकासको लागि चलचित्रलाई सिर्जनशिल, सांकृतिक उद्योगको रुपमा स्थापित गरि राष्ट्रिय चलचित्र विस्तार, विकास एवं संरक्षणका लागि सकारात्मक विभेदका आधारमा विशेष व्यवस्था गर्ने नीति अबलम्बन गर्नेछ’ भनी उल्लेख गरिएको छ । उक्त दुई बुँदाप्रति भट्टराई सकारात्मक रहेको अध्यक्ष नवल खड्काले बताए ।