मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजकुमार राईले भने `फर्केरै नहेर्ने के नयाँ पुस्ता ?`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई स्पष्ट वत्ताको रुपमा चिनिन्छन् । कुरोको चुरो के हो ? अध्यक्ष राई फ्याट्टै भनिदिन्छन् । फिल्म ‘उत्सव’ को ट्रेलर सार्वजनिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष राईले नयाँ पुस्ताले पाका पुस्तालाई गर्ने व्यवहारप्रति खुलेरै असन्तष्टी जनाए ।
 
फरक धार भनेर आफुलाई प्रस्तुत गर्ने नयाँ पुस्ताप्रति अध्यक्ष राईको असन्तुष्टी थियो, ‘नयाँ धार भनेको के हो ? सिनियरलाई सम्मान नगर्ने फरक धार हो ?’ अध्यक्ष राईले थपे, ‘कसैको केही कुरा चित्त बुझेन भने यहाँ त फर्केरै नहेर्ने प्रवृत्ति छ । यसले फिल्म क्षेत्रलाई प्रत्यक्ष असर गरिरहेको छ ।’
 
लामो समयदेखि सफल फिल्म निर्माण गर्दै आएका ‘उत्सव’ निर्माता शेखर कोइरालालाई उदाहरण पेश गर्दै राजकुमार राईले भने, ‘सफल फिल्म बनाउने शेखरजीलाई आज कमै मिडिया अनि नयाँ पुस्ताले चिन्छन् । पुराना र नयाँ दुवैको सम्मान हुन आवश्यक छ ।’ 
 
‘वान वे’ निर्माता राजकुमार राईले नयाँ पुस्ताप्रति असन्तुष्टी व्यक्त गरिरहंदा नयाँ पुस्ताका प्रतिनिधि संजोग कोइरालाले भने पुराना पुस्ताको प्रतिनिधि बुवा शेखर कोइरालाको पथलाई सम्हालेर अगाडी बढ्ने बताए ।