मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`उत्सव`ले मच्चाउला तहल्का ? (ट्रेलर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
निर्माता शेखर कोइरालाले ‘उत्सव’ नयाँ स्वाद र दर्शकको रोजाइको फिल्म रहेको बताएका छन् । ८ वर्षपछि फिल्म निर्माणमा फर्किएका निर्माता कोइरालाले ‘उत्सव’को पहिलो ट्रेलर सार्वजनिक कार्यक्रममा भने, ‘मिहेनत गरेर नयाँ प्रस्तुती ल्याएको छु । युवा पुस्ताले ‘उत्सव’ लाई मन पराउने आशा छ ।’
 
 
‘मुग्लान’ जस्तो व्यावसायिक सफल फिल्म निर्माण गरेका शेखर कोइरालाले ‘उत्सव’ फिल्मलाई पुस्ता हस्तान्तरणको रुपमा लिएको समेत बताए । भदौ १३ गते काठमाण्डौका हलहरुबाट प्रदर्शन हुने ‘उत्सव’ फिल्मबाट निर्माता कोइरालका छोरा संजोग कोइराला निर्माता तथा नायकको रुपमा उदाउँदै छन् ।
 
संजोगले पनि बुवाको पथलाई समात्दै फिल्म निर्माणमा सक्रिय भएर लाग्ने बताए । नायक तथा निर्माता संजोगले भने, ‘मिहेनतले फिल्म बनाएका छौं । सबै दर्शकलाई हलसम्म आएर हेरिदिनु हुन अनुरोध गर्दछु ।’ 
 
 
स्क्रिप्ट राईटरबाट फिल्म निर्देशनमा ‘जम्प’ हानेका निर्देशक कुमार भट्टराईले दर्शकलाई ‘उत्सव’ हेरेर गाली या ताली दिन आग्रह गरे । निर्देशक भट्टराईले भने, ‘नेपाली फिल्ममा देखिरहेको भन्दा नयाँ विषय अनि प्रस्तुती फिल्ममा अपनाएका छौं । हेरेर प्रतिक्रिया दिनुहोला ।’ यसअघि आफुले लेखेका फिल्महरु जस्तो ‘उत्सव’ ‘साइको’ फिल्म नरहेको निर्देशक भट्टराईले बताए । उनले भने, ‘साइको फिल्मले निर्मातालाई फाइदा नदिने रहेछ । उत्सव साइको फिल्म होइन ।’
 
 
कलाकारहरु सौगात मल्ल, गौरव पहारी, प्रकृती श्रेष्ठ र मेनुका प्रधानले ‘उत्सव’ लाई हलसम्मै गएर हेर्न अनुरोध गरे । दर्शना आर्टस्ले वितरण गर्ने ‘उत्सव’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकलाई हलसम्म तान्ने प्रतिक्षा बढेको छ । के पुस्ता हस्तान्तरणको ‘उत्सव’ ले मच्याउला त तहल्का ? भदौ १३ सम्म प्रतिक्षा गर्रौं ।