मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.33/5.00)
Text size:-
+
-

`कोहिनूर` सर्दैन | श्रीकृष्ण र श्वेता यसै साता फर्कने

फिल्मीखबर, काठमाण्डौ, 2014/07/23
हनिमुन मनाउन हिंडेको श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको जोडी निर्धारित समयमा नेपाल नआएपछि फिल्म ‘कोहिनूर’ को प्रदर्शन मितिलाई लिएर विभिन्न अड्कल बाजी सुरु हुन थालेका छन् । फिल्मको लगानीकर्ता अनि मुख्य हिरो र हिरोइन नै नेपाल नभएपछि ‘कोहिनूर’ को प्रदर्शन मिति सर्ने धेरैको अड्कल छ ।
 
वितरक सुनिल मानन्धर अनि निर्देशक आकाश अधिकारीले फिल्म ‘कोहिनूर’ को प्रदर्शन मिति नसर्नेमा विश्वस्त पारे । वितरक मानन्धरले साउन २३ नै ‘कोहिनूर’ को अन्तिम प्रदर्शन मिति रहेको बताए । उनले जे भएपनि साउन २३ बाट फिल्म अघि आउने या पछि हट्ने सम्झौता नभएको बताए ।  
 
निर्देशक आकाश अधिकारीले भने यदि श्रीकृष्ण र श्वेता नेपाल आउन अझै ढिलाइ भए उनीहरुको पारिवारिक सदस्य साउन २३ मै फिल्म प्रदर्शन गर्न तयार भएको बताए । निर्देशक अधिकारीले भने, ‘उहाँहरुको पारिवारले फिल्म प्रचार प्रसारमा सहयोग गरिरहेको छ । उहाँहरु चाँडै नै नेपाल फर्कदैं हुनुहुन्छ ।’ 
 
श्रीकृष्ण र श्वेता यसै साता नेपाल फर्कने निर्देशक अधिकारी जानकारी दिए । सुख्खा खोकीले च्यापेपछि श्रीकृष्णको यतिबेला बिदेशमा उपचार भैरहेको बताईएको छ । असार २६ मा विवाह बन्धनमा बाँधिएका श्रीकृष्ण र श्वेता बिहे लगत्तै हनिमुन अनि फिल्म प्रर्दशनको व्यवस्थापन गर्न भारत निस्किएका थिए ।