मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.38/5.00)
Text size:-
+
-

अभिनेत्रीलाई मात्र पत्यायो फेसबुकले

फिल्मीखबर, काठमाण्डौ, 2014/07/22
सामाजिक संजाल फेसबुकले नेपाली कलाकारहरुलाई समेत चिन्न थालेको छ । यसअघि हलिउड र बलिउडका कलाकारहरुको फेसबुक पेज मात्रै 'भेरिफाई' गर्दै आएको फेसबुकको नजर नेपाली कलाकारहरुमा समेत परेको छ । पछिल्लो समय फिल्मी कलाकारहरुको फेसबुक पेज लगालग 'भेरिफाईड' हुनुले यो कुराको पुष्टी गर्छ ।
 
 
अहिलेसम्म फेसबुक अकाउन्ट फेरिफाईड भएका नेपाली कलाकारहरुमा नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी, पाश्र्व गायिका अन्जु पन्त लगाएत हुन् । अभिनेत्रीहरूमध्ये सबैभन्दा पहिला नम्रता श्रेष्ठको फेसबुक पेज 'भेरिफाईड' भएको हो । हिजो मात्रै अभिनेत्री केकी अधिकारीको पेज फेसबुकले 'भेरिफाईड' गरेको छ । 
 
विडम्बना नेपाली अभिनेताहरुको भने न फेसबुक पेजमा फलोअर नै बढि छन् न त फेसबुकले नै पेज भेरिफाईड गरेको छ । अभिनेताको तुलनामा अभिनेत्रीहरु फेसबुकमा बढि 'एक्टिभ' भएको यो कुराले पुष्टी गर्छ । फेसबुक पेजले सेलिब्रिटी र उनीहरुका शुभचिन्तकहरुको दुरी घटाउने गर्छ ।
 
यद्यपी धेरै फेसबुक लाईक भएपनि अभिनेता हरिवंश आचार्यको पेज फेसबुकले 'भेरिफाई' गरिसकेको छैन । यसरी बुझौँ, फेसबुकले नेपाली अभिनेताहरुलाई चाँहि अझै पत्याएको छैन । अर्को रोचक कुरा फेसबुकमा सबैभन्दा बढि फलोअर रहेका अभिनेत्री रेखा थापा र माल्भिका सुब्बाको भने फेसबुकले अझै 'भेरिफाईड' गरेको छैन ।