Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म एजेन्ट बन्दै राजाराम पौडेल

फिल्मीखबर, काठमाण्डौ, 2014/07/22
मह जोडीको चर्चित हाँस्य टेलिश्रंखला '१५ गते' विज्ञापनका 'लमी', 'सुर बेसुर'का 'प्रधानपञ्च', फिल्म ट्रक ड्राइभरका फुके, 'चुनौती'का 'बिच्छी'देखि लिएर 'जिरे खुर्सानी'मा परेको बेहोर्ने 'ठुला बा' । हाँस्यकलाकार राजाराम पौडेलको परिचय धेरै छन् । 
 
आफ्नो परिचयलाई अझै थप्ने क्रममा उनी अब 'फिल्मी चेकपोष्ट'का एजेन्ट बनेका छन् । पर्दामा उनको नाम ओष्कारनाथ पावरवाला हो । उनी सोच्छन् नेपाली फिल्म उद्योगको बारेमा उनी जति जान्ने सुन्ने अरु कोही छैन । 
 
फिल्मी चेकपोष्टमा बसेर उनी फिल्मका बारेमा खुबै गफ दिन्छन् । निर्माता, निर्देशक, कलाकार सबैलाई उनी फिल्मको बारेमा सिकाउन तम्सिईहाल्छन् । नेपाली फिल्मलाई ओष्कार अवार्ड सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको भनी गफ दिन पल्किएका ओष्कारनाथ पावरवाला राजाराम अड्किएका फिल्म, सुटिङ्ग रोकिएका फिल्म, प्रोमोसनमा आर्थिक अभाव भईरहेका फिल्महरु सबैलाई आफै सहयोग गर्ने बचन दिन्छन् । फिल्मी गीत संगीत  प्रोमो पास गराउन उनी सधै चेकपोष्ट धाउने गर्छन् ।
 
राजारामको यो भूमिका आज राती हिमालय टेलिभिजनबाट प्रसारण हुने 'फिल्मी चेकपोष्ट'मा हेर्न पाईन्छ । 'फिल्मी चेकपोष्ट' एउटा काल्पिनक चेकपोष्ट हो । मह स्टुडियो बुढानिलकण्ठमा चेकपोष्टको सेट लगाईएको छ । 
 
आज राती ८ बजेदेखि प्रसारण हुने फिल्मी चेकपोष्टमा नेपाली फिल्म बजारको पछिल्लो अवस्थाको बारेमा रमाईलो बहस हुनेछ । बहसमा निर्माता छविराज ओझा, निर्देशक दिपेन्द्र के खनाल, समीक्षकद्वय दिपेन्द्र लामा र शुशील पौडेल हुनेछन् । फिल्मी चेकपोष्टमा नेपाली फिल्म उद्योग र फिल्मकर्मीका कुराहरु हुने गर्दछन् ।
 
Most Visited News (monthly)