मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

नयाँ प्रतिभा जन्माउन आउँदै `नेपाली तारा`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/21

'नेपाली तारा' यस्तो नाम हो जसले नेपाली साँगितिक फाँटमा गतिलो छाप मात्र हैन संगीत क्षेत्रलाई ठूलो गुन पनि लगाएको छ । यसैबाट उत्पादन भएका गायक गायिकाहरू अहिले संगीतको क्षेत्रमा चम्किरहेका छन् ।


पहिलो र दोस्रो नेपाली तारा क्रमश: दीपक लिम्बु र सन्तोष लामासहित यसबाट उत्पादन भएका धर्मेन्द्र सेवान, इन्दिरा जोशी, पुष्पा पौडेल, रुपक डोटेल, दुर्गा खरेल, मल्लिका कार्कीलगायत अहिले गायन क्षेत्रमा आफ्नो स्थान पक्का गरेर बसेका छन् । संगीत क्षेत्रमा नयाँ प्रतिभा जन्माउनका लागि पुन: 'नेपाली तारा' नामक रियालिटी शो जुर्मुराउने भएको छ ।


कोकाकोलाले प्रायोजन गरेको 'नेपाली तारा'को तेस्रो संस्करणका लागि भाद्रको दोस्रो हप्तादेखि अडिसन सुरु हुने भएको छ । संगीत निर्देशक प्रकाश गुरुङ, संगीतकार सुरेस अधिकारी र गायक रामकृष्ण ढकाल निर्णायक रहने नेपाली ताराको अडिसन काठमाण्डौ, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, धरान र नारायणगढमा हुने भएको छ । दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संस्करणको रनर–अप धर्वेन्द्र सेवान कार्यक्रमका प्रश्तोता हुनेछन् ।

प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २,५१,००० नगद पुरस्कार र ३ वटा गीत गाउने अवसर पाउनेछन् जसको ३ वटै म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु. ११,००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गीना गाउने अवसर पाउने पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो । नेपाली ताराको विजेताले अष्ट्रेलिया ट्रिपमा जान पाउने छन् भने सिड्नी र मेल्वर्नमा कन्सर्ट गर्ने मौका पाउने छन् ।

पहिलो संस्करणका विजेता दिपक लिम्बुले भने, 'प्रतियोगिताको विजेता भए पछि मेरो जिन्दगी पूर्णरुपमा परिवर्तन भयो । मैले अहिलेसम्मको सबै नाम, ख्याति, दाम यसै प्रतियोगिताको माध्यमबाट कमाएको हुँ । म यस्तो एउटा ठूलो प्रतिश्पर्धाको एउटा भाग हुन पाएकोमा धन्य भएको छु । म चाहन्छु यो प्रतियोगिता सधैं यसरी नै अगाडि बढिरहोस् ।' कार्यक्रमका कार्यकारी निर्माता तथा निर्देशक र निलबाराही फिल्मस्का निर्देशक रन्जित आचार्यले यस पटकको कार्यक्रम पहिलेको भन्दा भिन्न स्तरको हुने बताए ।