अभिनय गरेका दुई वटा फिल्महरु एउटै मितिमा प्रदर्शन हुने भएपछि अभिनेत्री नम्रता श्रेष्ठ भागबन्डामा परेकी छिन् । नम्रताले भदौ ६ गते एकसाथ प्रदर्शन हुने फिल्महरु ‘ताण्डव’ वा ‘सम्बोधन’ लाई प्रचार प्रसारमा एकलौटी साथ दिने पाउने छैनन् । दुवै फिल्मको प्रचार प्रसारमा नम्रताले आधा-आधा समय दिनु पर्नेछ ।
दुवै फिल्मको प्रचार प्रसारमा एकै पटक समय दिन सम्भव होला ? नम्रताको भनाई छ, ‘आफ्नो फिल्मको प्रचारको समय निर्माताले मिलाउनु पर्छ । म फिल्मको प्रचारमा हिड्न तयार छु ।’ एउटै कलाकारको दुई वटा फिल्म एकसाथ प्रदर्शन हुँदा कुन फिल्म हेर्ने ? दर्शकलाई पक्कै दोधार हुनेछ । यो दोधार बारे नम्रताले भनिन्, ‘म दर्शकलाई दुवै फिल्म हेर्न अनुरोध गर्दछु । दुवै फिल्म राम्रो बनेका छन् ।’
फिल्म ‘ताण्डव’ मा यौन व्यवसायी युवती र फिल्म ‘सम्बोधन’ मा पत्रकारको भूमिकामा नम्रतालाई देख्न सकिन्छ । यी दुवै भूमिका दमदार रहेको नम्रताको भनाई छ ।
मिति : २०८० चैत्र १६, शुक्रवार
(13 votes, avg 4.77/5.00)
Text size:-
+
-
भागबन्डामा नम्रता
फिल्मीखबर, काठमाण्डौ, 2014/07/21
- ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’
- क्यूएफएक्सले गर्यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा
- ‘बलिदान’मा नीतिको सम्भावना कति ?
- गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा
- यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा
- फागुनका ६ फिल्म : ‘अगस्त्य’ औसत, अरु डुबे
- बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
- ‘बाटो’का निर्माताले किन हाले अशोक शर्माविरुद्ध उजुरी ?
- ‘महाजात्रा’को गीतमार्फत् २०८२ को दशैंमा नयाँ फिल्म ल्याउने घोषणा
- ‘वर एन्ड वधु’का लागि विवेकले बनाए सुगठित शरीर