अभिनय गरेका दुई वटा फिल्महरु एउटै मितिमा प्रदर्शन हुने भएपछि अभिनेत्री नम्रता श्रेष्ठ भागबन्डामा परेकी छिन् । नम्रताले भदौ ६ गते एकसाथ प्रदर्शन हुने फिल्महरु ‘ताण्डव’ वा ‘सम्बोधन’ लाई प्रचार प्रसारमा एकलौटी साथ दिने पाउने छैनन् । दुवै फिल्मको प्रचार प्रसारमा नम्रताले आधा-आधा समय दिनु पर्नेछ ।
दुवै फिल्मको प्रचार प्रसारमा एकै पटक समय दिन सम्भव होला ? नम्रताको भनाई छ, ‘आफ्नो फिल्मको प्रचारको समय निर्माताले मिलाउनु पर्छ । म फिल्मको प्रचारमा हिड्न तयार छु ।’ एउटै कलाकारको दुई वटा फिल्म एकसाथ प्रदर्शन हुँदा कुन फिल्म हेर्ने ? दर्शकलाई पक्कै दोधार हुनेछ । यो दोधार बारे नम्रताले भनिन्, ‘म दर्शकलाई दुवै फिल्म हेर्न अनुरोध गर्दछु । दुवै फिल्म राम्रो बनेका छन् ।’
फिल्म ‘ताण्डव’ मा यौन व्यवसायी युवती र फिल्म ‘सम्बोधन’ मा पत्रकारको भूमिकामा नम्रतालाई देख्न सकिन्छ । यी दुवै भूमिका दमदार रहेको नम्रताको भनाई छ ।

