Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रत बस्दिनन् करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2014/07/21

साउनको सोमबारे ब्रत अनि हिन्दु नारी परिपूर जस्तै मानिन्छन् । धर्म कर्ममा त्यति विश्वास नगर्नेले पनि शहरमा चलेको हरियो चुरा अनि मेहन्दीलाई फेशनकै रुपमा पछ्याको पाइन्छ । धेरै जसो हाम्रा हिन्दु महिला सेलिव्रेटीले पनि साउनको सोमबारे ब्रत, हरियो चुरा अनि मेहन्दीलाई प्रयोग गरेको पाइन्छ ।

अभिनेत्री करिश्मा मानन्धर भने साउनको सोमबारे ब्रत विपरित रहिछन् । साउनको सोमबार ब्रत लिएको करिश्मालाई अहिलेसम्म अनुभव छैन । साउनको मात्रै होइन अन्य अवसरको ब्रत पनि करिश्मा बस्दिनन् रे ! धार्मिकसँगै शारीरिक फाइदाको लागि पनि ब्रत बस्नु फाइदाजनक हुने बताइन्छ । किन बस्दिनन् त करिश्मा ब्रत ? फिल्मीखबरसँग करिश्माले भनिन्, ‘ब्रत बस्ने बानी नै छैन । शरीरिक व्यायाममा समय दिन्छु ।’

ब्रत नबस्ने करिश्माको हरिया चुरा अनि मेहन्दीमा भने मन जान्छ । तर यसपाली उनले लगाउन पाएकी छैनन् । कारणबारे करिश्मा भन्छिन्, ‘आमा बिरामी भएर हरियो चुरा र मेहन्दीमा ध्यानै गएको छैन ।’ सुगर र प्रेसरको बिरामी करिश्माकी आमालाई केही दिनदेखि अस्पताल भर्ना गरिएको छ ।

Most Visited News (monthly)