भदौ १३ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘उत्सव’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर पनि यसै साता सार्वजनिक हुँदैछ ।


युवा दर्शक लक्षित फिल्म ‘उत्सव’ मा सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ, संजोग कोइराला र मेनुका प्रधानको मुख्य भूमिका छ । यो फिल्म संगीतमा रम्ने युवाहरुको यात्रामा आधारित छ । फिल्म ‘उत्सव’ लाई शेखर कोइरालाले निर्माण गरेका हुन् ।

स्क्रिप्ट राइटर कुमार भट्टराईले फिल्म ‘उत्सव’बाटै निर्देशनमा डेव्यु गरेका छन् । ‘उत्सव’ को यतिबेला अन्तिम पोष्ट प्रोडक्सनको कार्य चल्दैछ । मोफसलमा भने यो फिल्म भाद्र २० गते रिलिज हुनेछ । यो फिल्मलाई दर्शना आर्ट्सले वितरण गर्नेछ ।

