Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको बदलिंदो भूमिका

फिल्मीखबर, काठमाण्डौ, 2014/07/21

‘किस्मत’ डेव्यु अभिनेता आर्यन सिग्देललाई अभिनय र भूमिकामा विविधता भएन भन्ने आरोप छ । अभिनय गरेका अधिकांश फिल्ममा आर्यन ‘लवर व्वायय’ को भूमिकामा प्रस्तुत छन् ।

पर्दाको ‘लवर व्वायय’ले के-के गर्न सक्छ ? केटी फकाउने, माया जालमा पार्ने अनि हिमाल, पहाड र बगैंचामा नाच्ने । अन्त्यमा केही गुन्डालाई तह लगाएर प्रेमीकालाई आफ्नो बनाउने । केही प्रेम कथामा बलिदान दिने । धेरै फिल्ममा यस्तै भूमिका ‘प्ले’ गर्ने हुनाले आर्यनलाई ‘वन टाइप अफ् आर्टिस्ट’ भनेर आरोप आउँथ्यो । अब भने आर्यन आफ्नो क्यारेक्टरलाई बदल्ने बाटोमा लागेका छन् ।

पर्दाका ‘लभ्ली’ आर्यन अब रिसाहा हुँदै गएका छन् । आर्यनले अभिनय गरेका पछिल्ला फिल्महरुको भूमिका हेर्दा यस्तै लाग्छ । भदौ १३ गते प्रदर्शन हुने फिल्म ‘नाइके’, छायाँकनरत फिल्म ‘पुनर्जन्म’ र छायाँकनमा जाने तयारीमा रहेको फिल्म ‘आवेग’ मा आर्यनले गर्दै आएको भन्दा फरक भूमिकामा निभाएका छन् ।

फिल्म ‘नाइके’ मा आर्यन 'दबङ' स्टाईलको एक्सन रोलमा प्रस्तुत भएका छन् । फिल्म ‘पुनर्जन्म’ मा आर्यनलाई आर्मीको भूमिकामा देख्न सकिनेछ भने फिल्म ‘आवेग’मा शिर्षक जस्तै रिसाहा भूमिकामा देख्न पाईने छ । उसो त आर्यनले यसअघि पनि फिल्म ‘लोफर’मा दबंग स्टाइलको भूमिका निभाएका थिए । तर सो भूमिकाले आर्यनलाई खासै फरक रूपमा चिनाएन ।

विशेषतः ‘लभ्ली’ रोलमा चलेका आर्यनलाई परिवर्तित भूमिका चुनौती बन्न सक्छ । आर्यनको डेव्यु फिल्म ‘किस्मत’सँगै अन्य फिल्म ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’ र ‘नोभेम्वर रेन’, 'मेरो एउटा साथी छ', 'फस्त लभ', 'आइ एम सरी' लगायतका अन्य केहि सफल तथा चर्चित फिल्महरु हुन् । यी फिल्ममा आर्यनले 'लभर व्वाय'को भूमिका निभाएका थिए ।

 

आर्यन दर्शकका लागि आफू सधैं फरक बन्न रूचाउने बताउँछन् । उनले भन्ने गरेका छन्, 'दर्शकलाई मैले हरेक फिल्ममा केहि नयाँ दिने प्रयास गरेको हुन्छु ।' उनले यसो भन्दै गर्दा पनि आरोप भने लाग्ने गरेकै छ, सधैं एउटै भूमिका । अब भने आर्यन विश्वस्त छन्, 'दर्शक तथा मेरो शुभचिन्तकलाई यो आरोप लगाउन दिने छैन ।' आर्यनको यो भनाईप्रति हामी आशावादी बनौं ।

Most Visited News (monthly)