हनिमुन मनाउन भारतको जम्बु कश्मिर पुगेका नायक श्रीकृष्ण श्रेष्ठ बिरामी परेका छन् । श्रीकृष्ण बिरामी परेको खबर पत्नी श्वेता खड्काले जानकारी गराएकी हुन् ।
श्वेताले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘मेरो पति श्रीकृष्ण श्रेष्ठ सुख्खा खोकीले बिरामी पर्नु भएको छ । केही दिनको आराम पछि हामी नेपाल फर्कन्छौं ।’ नेपाल फर्किएपछि आफु फिल्म ‘कोहिनूर’ को प्रचार प्रसारमा जुट्ने श्वेताले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् ।
असार २६ गते विवाह बन्धनमा बाँधिएका श्रीकृष्ण र श्वेता एक साता पहिले हनिमुन यात्रामा निस्किएका थिए । यो जोडी बैङ्कक र मलेसिया भ्रमणमा रहेको खबर बाहिर आएपछि उनीहरूले भने केहि बोलेका छैनन् । यही साता उनीहरु नेपाल फर्कनेछन् ।
उपचारत श्रीकृष्णलाई डाक्टरले धेरै नबोल्न सल्लाह दिएका छन् । बिहे ताकै श्रीकृष्ण बिरामी परेका थिए । नेपाल आएपछि पनि श्रीकृष्णले आराम गर्नुपर्ने आवश्यक छ । श्रीकृष्ण्को लगानी रहेको फिल्म ‘कोहिनूर’ यही साउन २३ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । आकाश अधिकारी निर्देशित फिल्ममा श्रीकृष्ण र श्वेता मुख्य भूमिकामा छन् ।

