Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वान वे` भर्सेस `अधकट्टी`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/21

फागुन १ गते दुई प्रतिष्ठित निर्माताका फिल्महरु बिच प्रतिस्पर्धा हुने भएको छ । यो मितिमा प्रदीप कुमार उदय निर्मित फिल्म ‘अधकट्टी’ र राजकुमार राई निर्मित फिल्म ‘वान के’ एक साथ प्रदर्शनमा आउँदैछन् ।

फागुन १ मा फिल्महरु ‘अधकट्टी’ र ‘वान वे’ को मात्रै प्रतिस्पर्धा होइन । फागुन १ गते दुई फिल्म वितरण कम्पनी एफडि र दर्शना आर्टस् बिचको प्रतिस्पर्धा पनि हो । ‘अधकट्टी’लाई एफडि र ‘वान वे’लाई दर्शनाले वितरण गर्दैछ ।

रमाइलो पक्ष त के छ भने मोफसलका हलमा फिल्म वितरणका लागि दर्शनाले एफडिसँगै सहकार्य गर्दै आएको छ । 'वान वे'का लागि पनि मोफसलको वितरण जिम्मा एफडिलाई नै दिईएको छ । त्यसैले मोफसलका हलमा फागुन १ गते एफडि भर्सेस एफडि हुनेछ ।

निर्माता संघका अध्यक्ष समेत रहेका ‘वान वे’का निर्माता राईले फागुन १ गतेबाट आफ्नो फिल्म अघि वा पछि जाने सम्भावना नरहेको बताए । उनने भने, ‘अधकट्टी' भन्दा ‘वान वे’ फिल्मको छायाँकन अगाडी सकिएको हो । फिल्म प्रदर्शनको लागि तयार छ । त्यसैले घोषणा गरिएको फागुन १ गते नै फाइनल प्रर्दशन मिति हो ।’ सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘वान वे’मा करिश्मा मानन्धर, रविन तामाङ, सिद्धार्थ गुरुङ लगायतको अभिनय छ ।

 

यता फिल्म ‘अधकट्टी’ का निर्माता फागुन १ गते नै अन्तिम प्रदर्शन मिति भनेर घोषणा गरिसकेका छन् । फागुन १ लाई नै लक्षित गरी फिल्मको पोष्ट प्रोडक्सन एवं प्रचार प्रसारको कार्य हुँदैछ । सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, प्रदीप बाँस्तोलाको भूमिका छ । यो फिल्ममा गजित बिष्ट र नम्रता श्रेष्ठ बिशेष भूमिकामा छन् ।

Most Visited News (monthly)